• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

दाेस्राे टेस्टमा अष्ट्रेलिया १४६ रनले विजयी, सिरिज १-१ काे बराबरीमा



काठमाडौं । भारत र अस्ट्रेलियाबीचकाे दोस्रो टेष्ट क्रिकेट खेलमा अस्ट्रेलिया १४६ रनले बिजयी भएकाे छ । दुइ सय ८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले चौथो दिनको समाप्तिसम्म पाँच विकेट गुमाएको थियाे । याे जितसँगै चार खेलकाे यस सिरिज १-१ काे बराबरमा अाएकाे छ । अब २६ डिसेम्बरमा मेलबर्नमा तेस्राे टेस्ट हुनेछ जसलाइ बक्सिङ डे टेस्ट पनि भनिन्छ ।

तर पाँचाैं दिनकाे खेल शुरू भएकाे केही समयभित्रै भारतकाे पूरै पाली १४० रनमा समेटियाे ।

भारतका तर्फबाट लोकेश राहुललाई शुन्य रनमै गुमाएको भारतले १३ रन हुँदा दोस्रो विकेटको रुपमा चेतेश्वर पुजरालाई चार रनमा गुमाएको थियो । भारतका लागि अजिंक्या राहानेले ३० रन बनाएर आउट हुँदा मुरली विजय २० रनमा आउट भए भने कप्तान विराट कोहली पनि १७ रनमै क्याच आउट हुन पुगे ।

यसअघि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सबै विकेटको क्षतिमा २४३ रन बनाएपछि भारतले २८७ रनको लक्ष्य पाएको थियो । उस्मन ख्वाजा ७२ रन बनाउँदै अष्ट्रेलियालाई राहत दिएका थिए । बलिङतर्फ भारतका मोहम्मद सामीले ६ विकेट लिए ।

पर्थ स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा सबै विकेटको क्षतिम ३२६ रन बनाएको थियो ।

यता, भारतले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २८३ रन मात्रै बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२३ रन बनाउँदै उकासेका थिए ।