२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री रविना टण्डन र उनका चालकमाथि मदिराको नशामा एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप लागेको छ । घटना शनिबार राति भएको पीडितका छोराले दाबी गरेका छन् ।

मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले उनकी आमालाई ठक्कर दिएको थियो ।

‘यसपछि रविनाका चालक कारबाट बाहिर आए र मेरी आमा र परिवारका अन्य सदस्यहरूसँग झगडा गर्न थाले । उसले झडप सुरु गर्यो । यसपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालिन् ।’ उनले भने ।

सार्वजनिक भएको एक भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको देखिन्छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् । यसैबीच पीडित महिलाकी छोरीले रविनालाई भनिन्, ‘तिमीले रातभर जेलमा बिताउनुपर्छ । मेरो नाकबाट रगत बगिरहेको छ ।’

पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाहीमा कडाइ नगरेको उनको भनाइ छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ ।