• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

टोडिबोलाई ल्याउने दाउमा मड्रिड,बार्सिलोना र लिभरपुल, कसले भित्र्याउला त?



काठमाडौं । बार्सिलोना र रियल मड्रिड जस्ता ठुला कल्बले बेलाबेलामा खेलाडि भित्र्याउन तछाड मछाड गर्ने गरेका छन् । कहिले नेयमार होस वा हजार्ड जस्ता उत्कृष्ठ खेलाडिलाई चिनाउने होड दुबै कल्बको लाग्ने गर्दछ ।

यसपटक पनि यि नै दुई ठुला कल्बको नजरमा फ्रेन्च क्लब टुलुजका डिफेन्डर जिन क्लेर टोडिबो परेका छन् । दुबै कल्बले उनलाई ल्याउने इच्छा देखाएको छ । तर दुबै कल्बको नजरमा परेको टोडिबोलाई बार्सिलोनाले लिने की ? रियल मड्रिडले लिने चर्चाको बिषय बनेको छ ।

उमेरले १८ वर्ष लागेका टोडिबो फुटबलका राम्रा डिफेन्डर मात्रै नभई राम्रा मिडफिल्डर पनि भएकाले उनको खोजी अरु कल्बमा पनि भईरहेको छ । जसले गर्दा टोडिबो प्रति सबैको ध्यान आर्कषित भएको हो । यसले  गर्दा उसको मोल समेत बढेको छ ।

बार्सिलोनाका टेक्निकल विभागका इरिक अबिडललाई फ्रेन्च मार्केट सम्बन्धि राम्रो ज्ञान समेत रहेको छ । टोडिबोको अहिले कति हो ? रेट उनलाई राम्ररी थाहा हुदाँ उनि प्रति धेरै चाहान राखेको हो । उनीसँगको कुराकानीमा पनि बार्सिलोनाले टोडिबो ल्याउन चाहेका खबरहरु स्पेनिस मडियामा छाईरहेका छन् । जसको कारणले गर्दा स्पेनिस फुटबल फ्यानमा टोडिबो कुन कल्बमा जाने हुन हेर्न कुरेर बसेका छन् ।

रियल मड्रिडसँगै अरु ठूला क्लबले पनि टोडिबोमाथि आँखा राखिरहेकाले बार्सिलोनालाई सहज भने छैन । टोडिबोमाथि युभेन्टस, म्यानचेस्टर युनाइटेड, लिभरपुल, नापोली र बोरुसिया डर्टमुण्डले पनि चाहना राखेको छ ।

युवा खेलाडिको संख्या धेरै भएको रियल मड्रिडले पनि युवा खेलाडी ल्याउन चाहेको र भविष्यसम्का लागि हुने गरी सेन्टर डिफेन्डर राख्न खोजेकोले टोडिबो मुख्य केन्द्रमा परेका छन् । तर फर्डवट नेयमार जे.आरलाइ पनि ल्याउन खोजेको मड्रिडले उनले ल्याउन सकेको थिएन ।

‘उनी छिटै ठूलो क्लबमा हुने छन्’ टोडिबोका एजेन्ट ब्रुनो स्टेनले भनेका छन्, ‘उसलाई अझै राम्रो गर्न सक्छु भन्ने थाहा छ । ठूला भनिएका क्लबमा पनि आफूले खेल्न सक्छु भन्नेमा उनलाई डर छैन ।’उनले थप्दै भने, ‘मलाई विश्वास छ, लोनमा नभई ऊ ठूलो क्लबमा ट्रान्सफर नै हुनेछ ।’

अहिले टोडिबो कुनै कल्बसँग तत्काल सम्झौतामा नरहेककाले उनलाई नयाँ क्लबमा जान कठिन भने छैन । टुलुजले टोडिबोसँग गर्न खोजेको नयाँ सम्झौतामा उनैले आनाकानी गरेका थिए । उनले उक्त कल्बसँग सम्झैता गर्न नचाहेपछि कुन ठुला प्रतिक्षमा रहेको हुन् ? भन्ने कुरा सबै फुटबलको फ्यानको मुखमा झुन्डेको छ ।