३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नवौं राष्ट्रिय सूचना–प्रविधि सम्मेलन सम्पन्न, स्मार्ट टेक्नाेलाेजीबारे व्यापक छलफल

नवौं राष्ट्रिय सूचना–प्रविधि सम्मेलन सम्पन्न, स्मार्ट टेक्नाेलाेजीबारे व्यापक छलफल
अ+ अ-

IT Summit

काठमाडौं – आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौंमा अायाेजित नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्प्युटिङ सम्मेलन सम्पन्न भएको छ ।

कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको नेपाल ईन्जिनियरिङ परिषदका अध्यक्ष ई. डिल्लीरमण निरौलाले उद्घाटन गर्नुभएकाे थियाे ।

सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताहरुको सहभागिता रहेको एनसिआईटी कलेजका निर्देशक बिजुली प्रसाद राणाले जानकारी दिनुभयाे । सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको थियाे।

एनसिआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासहरुका बारेमा सम्मेलनमा छलफल गरिएको बताउनुभयाे । कार्यक्रममा अन्तराष्ट्रिय सूचना तथा प्रविधि विज्ञहरुकोसमेत सहभागिता रहेको थियाे ।

सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रस्तुतिकरण दिनुभएकाे थियाे ।

देश तथा विदेशबाट ६० भन्दा बढी ‘पेपर’ प्राप्त भएको र यसमध्थे उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

मोबाइल कम्युटिगं, स्मार्ट कम्युटिगं, क्लाउड कम्प्युटिगं, ग्रिन कम्प्युटिगं, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किगं, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइसिटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए ।

आइटी विद्यार्थी, सरोकारवाला र सूचना तथा प्रविधिमा अनुसन्धानरत व्यत्तिहरुको लागि यो महत्वपूर्ण मञ्च भएको एनसिआइटीका प्रिन्सिपल खकुरेलले विश्वास व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो सम्मेलन मुलुकको सूचना तथा प्रविधिका क्षेत्रमा फलदायी भएको छ ।’