वीरगंजः पर्सा प्रहरीको ट्राफिक व्यवस्थापनमा प्रभावकारिता वृद्धि गर्न वीरगन्ज महानगरपालिकाले चार थान गोप्रो क्यामरा उपलब्ध गराएको छ।
गाेप्राे क्यामराकाे सहायताले सडकमा प्रत्यक्ष श्रव्य दृश्य कैद सकिनेछ । सडकमा ट्राफिकसँग विवाद भए उक्त क्यामरामा कैद हुने श्रव्यदृश्य हेर्न पाइने र विवाद निरूपणमा पनि सघाउ पुग्ने बताइएकाे छ ।
उक्त क्यामराहरू महानगर प्रमुख विजय कुमार सरावगी एवं महानगरका कार्यकारी प्रमुख भिष्मकुमार भूसालले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएकाे थियाे ।
पछिल्लाे समय महानगरले नगरकाे साैन्दर्य बढाउने, सरसफाइका कार्यहरूलाइ चुस्त बनाउने, नगरभित्र हर्न निषेध गर्ने तथा लामाे समयदेखि अबरूद्ध निर्माण कार्यहरूलाइ तिब्रता दिएकाे छ ।