६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

‘कलेजी कटाउन्या माया’ नयाँ भर्जनमा

‘कलेजी कटाउन्या माया’ नयाँ भर्जनमा
अ+ अ-

काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो।

भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ।लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन। उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसंग दर्जनौं म्युजिक भिडियाेहरुमा काम गरिसकेकी छिन। ‘कलेजी कटाउन्या माया’ मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन। त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन।

हामीले चलचित्र वा सिरिज आउनु अघि टिजर सार्वजनिक गरेको त देख्दै आएका छौ। म्युजिक भिडियाेकाे हकमा भने यो चलन खासै देखिदैन। तर यो गीतको भने चार दिन अघि टिजर सार्वजनिक गरिएको थियो। ४० सेकेन्डको मर्मस्पर्शी टिजरले दर्शकमा कौतुहल जगाउन सफल भएको थियो।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियाे साच्चैँ नै कलेजी काट्ने खालको छ । भिडियाेमा कलाकारहरुको काम तारिफयोग्य छ। यो गीत आजभन्दा करिव १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो। विशेषगरी, सुदुरपश्चिमका ९ जिल्लाहरुमा यो गीतले तहल्का मच्चायो । गीतले दर्शकको अपार सफलता र माया पाएपछी गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन।  गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियाे दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियाेको कन्सेप्ट पनि शानकै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन।

त्यसै गरी, मारुनी स्टुडियाेमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टाैवा कृयसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटाेग्राफी छ।