८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिनुभएको थियो । बैठकले सांसद सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ । रासस