• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने ★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर

नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि



तस्बिर: हरिराम भेटुवाल/रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पुनःविचार गर्न भने आग्रह गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि बताउनु भयो ।

उहाँले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गर्नुभयो । उहाँले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गर्नुभयो । उहाँले गतिशिलता भनेको के हो ? द्वन्दात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद नभइ गड्गडाउँदो नदी जस्तो भएर हुर्रिनु नै माक्सवाद भएको बताउनु भयो । उहाँले माक्सवाद जमेको पोखरी जस्तो नभएको बताउनु भयो । उहाँले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु माक्सवाद भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा हामीलाई अलि नजिकको शक्ति पनि भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ । तपाईंहरुलाई त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न । हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ । तपाईंहरु बनाउनुस् ।

तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, त्यो बनाउने अधिकार क्षेत्र भित्रको कुरा हो । आज नेपाल संविधान सभामा गयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । प्रचण्ड अलि अस्थिर इन्भटेट कमाको अस्थिर है फेरि साँच्चै अस्थिर नठान्नु । अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो ।

अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइपुग्ने पनि थिएनौँ । अर्को कोही छ ? म यो प्रश्नबारे तपाईं सबै साथीहलाई गतिशिलता भनेको के हो ? द्वन्दात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? किलो जस्तो एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद हो की जमेको पानीको पोखरी जस्तो माक्सवाद हो की गड्गडाउँदो नदी जस्तो भएर हुर्रिने माक्सवाद हो ? तपाईंं सबैले यो कुरा विचार गर्नुपर्छ ।

मार्क्सवाद जमेको पोखरी जस्तो होइन । एउटा कुरा भनेपछि भन्यो भन्यो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु माक्सवाद हो । हामी एक ठाउँमा बस्ने भन्ने हुँदैन । हामी दौडिरहेका हुन्छौँ ।’

प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिष्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताउनु भयो । कम्युनिष्टहरुले निराशावादी भएर सोच्न नहुने बताउनु भयो ।