३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई



तस्बिर: हरिराम भेटुवाल/ रासस
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानलाई अझै समृद्ध बनाउन जरुरी रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानलाई अझै खारेर पहिचानयुक्त, सुदृढ र सफल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले धेरै मेहनत, त्याग, तपस्याबाट र हजारौँ हजार शहीदहरुको बलिदानबाट यो व्यवस्था आएको भन्दै यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ लम्किनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै मेहनत गरेर यो परिवर्तन ल्याएका छौँ । म पनि नेपाली राजनीतिको संघर्षशिल क्षणको एउटा बिन्दुबाट यहाँ बस्नुभएका वरिष्ठ नेताहरुको पछिपछि आन्दोलनमा सरिक भएको मान्छे हुँ । धेरै मेहनत, त्याग, तपस्याबाट र हजारौँ हजार शहीदहरुको बलिदानबाट यो परिवर्तन आएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र । संविधानलाई अझै हामीले समृद्ध बनाउनु छ । खार्नु छ । पहिचानयुक्त बनाउनु छ । संघीयतालाई अझै सुदृढ गर्नुछ । लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ हामी लम्किनु छ ।’

अध्यक्ष राईले शहीदहरुको बलिदानबाट प्राप्त व्यवस्थालाई कुनै चोट लाग्न दिन नहुने बताउनु भयो ।