१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छः अध्यक्ष नेपाल



तस्बिर: हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।

आईतवार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिना पैसा कुनैपनि सरकारी सेवाहरु प्राप्त गर्ने परिस्थिति नरहेको बतउनु भयो । उहाँले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । बिना पैसाको कुनै काम हुँदैन । सेटिङहरु मिलाइएको छ । त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखा पर्छ । काम र व्यवहारमा देखापर्छ । दोस्रो समस्या भनेको सामग्रिक वृहत चिन्तनको कमी । हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ । अर्बौं कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशिलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यि सबैका लागि पूर्वाधारको विकास होस् । पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस् । विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै उहाँले एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि आरोप लगाउनु भयो ।