• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने ★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम

यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दि गर्न नहुने बताउनु भयो । उहाँले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्नुभयो । उहाँले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनु भयो ।

उहाँले गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताउनु भयो । उहाँले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौति रहेको बताउनु भयो । गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताउनु भयो । देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दि गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योगहरु र त्यो बिस्तारै गएर ठूला उद्योगहरुमा परिणत हुनसक्छ । कृषि आधारित उद्योगहरुले निर्यातमुलक उद्योगहरुको रुप लिनसक्छ । हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ । गरिबीबाट माथि उठ्न परेको छ । मसिनो चामल मोटो चामल जति फल्दैन । त्यसलाई त्यत्तिकै फल्नेमा पुर्‍याउनु पर्छ । हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन । ठोस नीति निर्माण हुनुपर्‍यो नि । ठोस नीति आउनुपर्छ, के गर्ने ?’

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताउनु भयो ।