• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

जलवायु परिवर्तनको प्रत्यक्ष असर किसान र महिलामा : राष्ट्रपति भण्डारी



सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई सिंगारेर विकासमा अघि बढ्नुपर्ने भन्दै विकासका नाममा प्रकृति र वातावरण नबिगार्न आग्रह गर्नुभएको छ । विकासका नाममा प्रकृति र वातावरण बिग्रँदो अवस्थामा रहेको बताउदै प्रकृतिलाई बिगार नगरी विकासको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सोमबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका असर न्यूनिकरणमा सबै सचेत बन्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको प्रत्यक्ष असर किसान र महिलामा परिरहेको भन्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण ग्रामीण महिलाको जनजीवन कष्टकर बनिरहेको बताउनुभयो ।

‘वनस्पति र वन्यजन्तुमा जलवायु परिवर्तनको असर परिरहेको छ, सबै क्षेत्रमा यसको असर व्यहोरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘किसान र ग्रामीण महिलाले जलवायु परिवर्तनको असर झेलिरहेका छन् ।’

केही समयअघि पोल्यान्ड पुगेर वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफूलाई सशक्त रुपमा प्रस्तुत गरेको उहाँले बताउनुभयो । पूर्वाधार विकास र भौतिक निर्माणका क्रममा वातावरणीय असरमा ध्यान दिन जनप्रतिनिधिलाई उहाँले सुझाउनुभयो ।

‘हाम्रा पूर्वजले जलवायु अनुकूलनका लागि धेरै प्रयास गर्नुभयो, अब हामीले पनि जलवायु परिवर्तनका असरबाट बाँच्न अनुकूलनका उपाय अपनाउनुपर्दछ’ –उहाँले भन्नुभयो ।

बढ्दो नदी दोहनप्रति इंगित गर्दै उहाँले गिटी, बालुवा उत्खननका बहानामा नदी दोहन गर्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । जलवायु अनुकूलन योजना निर्माण र असर न्यूनीकरणका लागि तिनै तहका सरकारले समान लक्ष्य र सहकार्यका साथ अघि बढ्नुपर्ने भण्डारीले बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको सवाल आम चासो र सरोकारको विषय भएको भन्दै जलवायु परिवर्तनमा नेपालजस्ता मुलुकका भूमिका नरहे पनि प्रभाव भने सबैभन्दा बढी झेलिरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले पनि जलवायु अनुकूलनका योजनासहित वातावरण सन्तुलित विकासमा लाग्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो । ‘हामी राष्ट्रिय जलवायु नीति निर्माणको चरणमा छौं, जलवायु परिवर्तनका सवालमा हामी गल्तीविनाको सजाय भोग्दै छौं’ –वन तथा वातावरणमन्त्री बस्नेतले भन्नुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जलवायु परिवर्तनका असर न्यूनीकरणमा स्थानीय सरकारका भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

जलवायु परिवर्तनको सवाल अन्तर्राष्ट्रिय एजेन्डा बनिरहेको भन्दै पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले नेपालका सन्दर्भमा जलवायु परिवर्तनको असर आर्थिक क्षेत्रमा परिरहेको बताउनु भएको नेपाल समचारपत्रमा खबर छ ।

कूटनीतिक कौशलताका साथ नेपालले यो एजेन्डालाई अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री एवम् सांसद शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण हिमालहरु काला पहाड बनिरहेको भन्दै वनस्पति र वन्यजन्तुले पनि त्यसको मार खेपिरहेको बताउनुभयो ।