१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा जापानको रक्षा बजेट बढ्ने आशा व्यक्त



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेकोजापानी सञ्चारमाध्यमले शनिबार जनाएको छ।

किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएकोक्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार जापानी प्रधानमन्त्रीले आफ्नो देशको रक्षा क्षमता सुदृढ गर्ने वाचा गर्नुभएको छ ।

किशिदाको उक्त टिप्पणी ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स (GSDF) बेसमा भाषणको क्रममा आएको थियोजहाँ किशिदाले उत्तर कोरियाको क्षेप्यास्त्र प्रविधिको द्रुत विकास र चीनको सैन्य विस्तारको बारेमा चिन्ता व्यक्त गर्नुभएकोक्योडो समाचारले उल्लेख गरेको छ।

जब जापानले आफ्नो विदेश र सुरक्षा नीतिहरू परिमार्जन गर्छ तब सेल्फ डिफेन्स फोर्सहरूलाई आक्रमण गर्न सक्ने क्षमता दिने विचार सहित सबै विकल्पहरू टेबलमा हुनेछन्, किशिदाले भन्नुभएको छ ।

जापानी प्रधानमन्त्रीले पर्याप्त पारदर्शिता कायम नगरी आफ्नो सेनालाई बलियो बनाउन चीनको चाललाई पनि औंल्याउँनुभएको छ। 'चीनले पर्याप्त पारदर्शिता बिना नै आफ्नो सेनालाई बलियो बनाउन काम जारी राखेको छ रू यथास्थिति परिवर्तन गर्न एकपक्षीय प्रयास समेत गरिरहेको छ,' किशिदाको टिप्पणी छ। 

यसअघि शुक्रबार ५० एसियाली र युरोपेली मुलुकका नेताहरूको भर्चुअल बैठकमा पनि किशिदाले चीनमा मानवअधिकारका विषयमा गम्भीर चासो व्यक्त गरेको जनाइएको छ । किशिदाले शिखर सम्मेलनको बीचमा हङकङ र उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रको अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेको समाचार प्रसारित भएका छन्। (रासस-एएनआई)