९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

मुकेश अम्बानीसँग नीताले किन गरिन् विहे ? (यस्तो थियो कारण)

मुकेश अम्बानीसँग नीताले किन गरिन् विहे ? (यस्तो थियो कारण)
अ अ+ अ-

विश्वमा धनि व्यक्तिहरुको जीवन र जीवनशैली सबैको चासोको विषय हो । मानिसहरु उनीहरुको बारेमा जानकारी राखिरहन्छन् । यससँगै धनि र प्रशिद्ध व्यक्तिहरुको रहनसहन र जीनव जिउने कला अरु सामान्य मानिसको लागि प्रेरणा पनि बन्न सक्छ । र, यसकारण पनि उनीहरु चर्चामा हुन्छन् । संसारमा यस्ता धेरै व्यक्तित्वहरु छन् जसलाई मानिसहरु विभिन्न माध्यमबाट पछ्याइरहन्छन् ।

यसमध्ये एसियाका धनि व्यक्तिको सूचिमा रहेका मुकेश अम्बानीको जीनवका बारेमा पनि मानिसहरु जान्न उत्सुक रहन्छन् । उनी सँगसँगै उनकी श्रीमती नीता अम्बानी पनि सफल व्यवसायी महिला र सुन्दरताका कारण चर्चित छिन् ।

उनी दैनिक जीवनशैली, महँगो चिया, व्यायाम , पहिरन र नृत्यका कारण सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चाको विषय बन्ने गर्छिन् भने मुकेश अम्बानी रिलायन्स कम्पनीसँगै आलिसान महल, कार, निजी विमान र सम्पत्तिका कारण चर्चामा छन् । तर कमलाई मात्र थाहा छ यी दुईको वैवाहिक जीवनको बारेमा । उनीहरुको कसरी भेट भयो रु विवाहको प्रस्ताव कसरी आयो रु साथै, विहेअघि नीता के गर्थिन् त रु

धीरु भाईको रोजाईमा नीता

भनिन्छ, जोडी भगवानले स्वर्गबाट नै बनाएर पठाएका हुन्छन् । नीता र मुकेशको जोडी पनि यस्तै छ । सामान्य परिवारमा जन्मिएकी नीतालाई धीरु भाईले बुहारी बनाउने प्रस्ताव गरेको प्रशंग निकै रोचक छ । रिलायन्स कम्पनीका संस्थापक धीरु भाई अम्बानी आफैले बिन्डला ग्रुपद्वारा आयोजना गरिएको कार्यक्रममा पहिलो पटक नीतालाई देखेका थिए । नीताका पिता उक्त कम्पनीमा कार्यरत थिए । कार्यक्रममा नीताको प्रस्तुतीले प्रभावित भएका अम्बानीले नीतालाई बुहारी बनाउने बारेमा सोचिसकेका थिए । र उनले कार्यक्रमको अन्तिममा नीताका पिताको नम्बर लिएर आफै उनीहरुलाई सम्पर्क गरेका थिए ।

धीरु भाईको प्रस्ताव नीतालाई लाग्यो मजाक

रिलायन्स कम्पनीका संस्थापकले आफूजस्तो सामान्य परिवारकी युवतीलाई विवाहको प्रस्ताव राख्दा सुरुमा नीतालाई मजाक जस्तै लागेको थियो तर धीरु भाईले नम्बरको माध्यमबाट नीताको परिवारमा विवाहको प्रस्तावको बारेमा सल्लाह गरे । घरमा कुराकानी भएपछि उनी अम्बानीको घर गइन् । उनी अम्बानीको घर पुग्दा मुकेश अम्बानीले ढोका खोले । बारम्बार पिताबाट नीताको बारेमा सुनेका मुकेशले पहिलो पटकमै उनलाई चिनें । केहिबेरको कुराकानीपछि उनीहरुको अर्को भेटघाट तय भयो ।

मुकेशसँग विवाह गर्नुअघि नीताका शर्त

पहिलो भेटघाटपछि नीता र मुकेशको भेटघाट बाक्लियो । एक अर्कालाई मन पराउन थाले । र, मुकेशले नीतासँग विवाहको प्रस्ताव राखे । तर, नीताले विवाह गर्नुअघि शर्त राखिन् । नीता विहेअघि एउटा सामान्य स्कुलमा बालबालिकालाई पढाउँथिन् । जहाँ उनको तवब मात्रै ८ सय थियो । र बिहेपछि पनि उनी उक्त कामलाई निरन्तरता दिन चाहान्थिन् किनकी उनलाई पढाउने सोख थियो । साथै, उनी आफ्नो पढाईलाई निरन्तरता दिन चाहान्थिन् । उनले विहेपछि सबैभन्दा धनि घरकी बुहारी बनेपनि सामान्य जीवन जिउन पाउनुपर्ने र उनले गरिरहेको नोकरी नछोड्ने आफ्नो इच्छा रहेको बताइन् । उनको शर्तलाई मुकेश अम्बानीले सहर्ष स्वीकार गरे । अन्ततः उनीहरुको विवाह भयो । अहिले नीता पनि सफल व्यवसायीका रुपमा परिचित छिन् ।