१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहकाे गाेलमा लिभरपुललाई प्रिमियर लिगमा ७ अंककाे अग्रता



अ+ अ-

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले  तालिकामा ७ अंकको अग्रता बनाएको छ ।

शनिबार राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो ।

मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फर गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । त्यसपछि थप गोल हुन नसके पछि लिभर पुल विजयी भयो ।

शनिबार रातिनै भएको अर्को खेलमा १५औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलह्याममाथि २–१ गोलको जित निकालेको थियो । फुलह्यामले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता लिए पनि जोगाउन भने सकेन ।

फुलह्यामका लागि एन्ड्यू स्योरलेले गोल गरेका थिए । बर्नलेले दुई गोलनै उपहार पाएको थियो । २० औं मिनेटमा जोय ब्रोएनले आत्माघाति गोल गरेपछि बर्नलेले खेल बराबरीमा ल्याएको थियो ।

त्यसको ३ मिनेट पछिनै फुलह्यामका डेनिस ओडवेले अर्को आत्माघाति गोल गरेपछि बर्नले २–१ को अग्रता बनाए । त्यसपछि बाँकी समयमा गोल नभएपछि त्यही आत्मघाति गोलको मद्दतले बर्नले विजयी हुन सफल भयो ।

कार्डिफ र हडल्सफिल्ड गोल रहित बराबरीमा रोकिँदा वाटफोर्डले क्रिष्टलमाथि २–१ को जित निकालेको थियो । त्यस्तै साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २–१ को जित निकाल्न सफल भयो ।