२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरानको ‘किस’को किस्सा



अ+ अ-

कुनै समय थियो, बलिउड सिनेमामा अधरपानको चर्चा हुँदा मानिसहरूले अभिनेता इमरान हास्मीलाई सम्झिन्थे। हुन पनि हर सिनेमामा उनले नायिकासँग अधरपान गरेकै हुन्थे। उनी अभिनित मर्डरु, राज तथा आशिक बनाया आपनेु जस्ता सिनेमामा उनले दिएका चुम्बन दृश्य दर्शकले बिर्सेका छैनन्।

एकपछि अर्को सिनेमामा उनले दिएका यस्ता दृश्यले उनलाई बलिउडको सिरियल किसरुको उपाधि दिलाइदियो। यो उपाधिलाई उनले सहजरूपमा लिने गरेका थिए, त्यतिबेला। तर हाल इमरानको सोच फेरिएको छ।


हाल पर्दामा अधरपानका दृश्य सहज हुँदै गएको छ तर बलिउड यसमा सहज हुँदै गर्दा इमरानले भने आफू त्यस्ता दृश्यबाट अघाएको बताएका छन्।


आफ्नो आगामी सिनेमा ह्वाइ चिट इन्डियाु सिनेमाको प्रचारका क्रममा रहेका इमरानलाई अधरपानका बारेमा सोधिएपछि आफू त्यसबाट बोरु भएको बताए।


मलाई त्यो पुगिसक्यो। म त्यसलाई छोड्न चाहन्छु, त्यसबाट म बोर भइसके। चुम्बन गर्नु ठीकै छ। मलाई पर्दामा चुम्बन गर्न अझैं केहि आपत्ति छैन् तर त्यसपछि जे हुन्छ त्योबाट म दिक्क भइसकेको छु। सबैले मैले चुम्बन गरेको विषयलाई केन्द्रमा राख्छन् र छ कि छैन भनेर सोध्छन्, इमरानले भने, मेरा निर्माताहरू पनि मेरि चुम्बनको दृश्य राखेर सिनेमा चलाउने भनेर आलोचित भए तर आज त्यो सामान्य भइसकेको छ।

युवाहरू त्यसलाई लिएर सहज छन्। अब यसलाई पुस्तान्तर भन्नुस या अन्य म यस्ता कुरा सुन्न पर्दा कान बन्द गर्छु। म मेरो छोरा ठूलो भएपछि के गर्ला भनेर डराउँछु। यो मेरा लागि सांस्कृतिक झड्का हो।