१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजा र सुशीलको नाममा स्थापित अस्पताल बन्द गर्न खोजेको कांग्रेसको आरोप, भोलिसम्म प्रधानमन्त्रीको जवाफको प्रतीक्षा गरिने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल सरकारले बन्द गर्न लागेको आरामेप लगाएका छन् ।

रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको भन्दै आपत्ति जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय भएको जानकारी पाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

‘केही अस्पताल प्रदेशमा नराखि केन्द्रमा राख्नुपर्छ भनेर ११ वटा अस्पताल केन्द्रमा राख्ने स्वास्थ्य मन्त्रालयले प्रस्ताव पठाएको र उक्त प्रस्ताव क्याविनेटले यी दुई अस्पताललाई बाहेक गरेर अरुलाई सदर गरेर पठाएको नेता पौडेलले भने जानकारी दिएका छन् ।

सरकारले कांग्रेस नेताको नाममा स्थापित अस्पताल विघटनको प्रक्रिया सुरु गरेर प्रतिपक्षप्रति पक्षपातपूर्ण ब्यवहार गरेको नेता पौडेलले आरोप लगाए । उनले भोलिसम्म प्रधानमन्त्रीको जवाफको प्रतीक्षा गर्ने र त्यसपछि कांग्रेसले आफ्नो कदम चाल्ने बताए ।

हाल ति दुई अस्पतालमा संचालक समिति नराखी अस्पताललाई सरकारले बेवास्था गरेको गुनासो गरेका छन् ।




भर्खरै