५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजा र सुशीलको नाममा स्थापित अस्पताल बन्द गर्न खोजेको कांग्रेसको आरोप, भोलिसम्म प्रधानमन्त्रीको जवाफको प्रतीक्षा गरिने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल सरकारले बन्द गर्न लागेको आरामेप लगाएका छन् ।

रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको भन्दै आपत्ति जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय भएको जानकारी पाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

‘केही अस्पताल प्रदेशमा नराखि केन्द्रमा राख्नुपर्छ भनेर ११ वटा अस्पताल केन्द्रमा राख्ने स्वास्थ्य मन्त्रालयले प्रस्ताव पठाएको र उक्त प्रस्ताव क्याविनेटले यी दुई अस्पताललाई बाहेक गरेर अरुलाई सदर गरेर पठाएको नेता पौडेलले भने जानकारी दिएका छन् ।

सरकारले कांग्रेस नेताको नाममा स्थापित अस्पताल विघटनको प्रक्रिया सुरु गरेर प्रतिपक्षप्रति पक्षपातपूर्ण ब्यवहार गरेको नेता पौडेलले आरोप लगाए । उनले भोलिसम्म प्रधानमन्त्रीको जवाफको प्रतीक्षा गर्ने र त्यसपछि कांग्रेसले आफ्नो कदम चाल्ने बताए ।

हाल ति दुई अस्पतालमा संचालक समिति नराखी अस्पताललाई सरकारले बेवास्था गरेको गुनासो गरेका छन् ।