९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एक हजारमा मजदुरी गर्ने यी सूर्याको पारिश्रमिक अहिले कति ?

एक हजारमा मजदुरी गर्ने यी सूर्याको पारिश्रमिक अहिले कति ?
अ अ+ अ-

साउथ इन्डियन फिल्मका सुपरस्टार सूर्याले आफ्नो पहिचान बनाउन कडा मेहेनत गरेका थिए । तामिल अभिनेता शिवकुमारका छोरा समेत रहेका सूर्याले फिल्ममा आफ्नो करियर बनाउनका लागि कहिल्यै पिताको साहारा लिएनन् । फिल्मी क्षेत्रमा रुचि नभएका कारण कपडा फ्याक्ट्रीमा काम सुरु गरेका उनले काममा आफू तामिल अभिनेता शिवकुमारका छोरा भएको कहिल्यै खुलाएनन् ।

उनले फ्याक्ट्रीमा काम गरेबापत एक हजार भारतीय रुपैयाँ आम्दानी गर्थे । करीब ८ महिना काम गरेपछि २० वर्षको उमेरमा सूर्याले फिल्ममा काम गर्नको लागि अफर गरियो ।

उनले १९९५ मा फिल्म ‘असाई’मा मुख्य भूमिकामा काम गर्नको लागि अफर गरेपनि फिल्ममा काम गर्ने इच्छा नभएका कारण उनले उक्त अफरलाई अस्वीकार गरिदिए ।

करिब ६ वर्षपछि सन् १९९७ मा फिल्म निर्माता मणिरत्नमको फिल्ममा काम गर्न बाध्य भए । अन्ततः फिल्म ‘नेररुक्कू नेर’बाट सूर्याले फिल्ममा डेब्यु गरे । उनको डेब्यु फिल्मलाई निर्देशक वसन्तले निर्देशन गरेका थिए ।

साउथ फिल्ममा सुपरस्टार बन्नको लागि उनले लामो संघर्ष गरेका थिए । फिल्ममा आत्मविश्वास, फाइटिङ र नृत्यमा निकै असहज परिस्थितीको सामना गर्नुपरेको उनी बताउँछन् ।

सूर्याको करियरमा फिल्म ‘नन्दा’ उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्न सफल भयो । उक्त फिल्मबाट उनलाई ‘बेस्ट एक्टरको अवार्ड’ दिइयो । २०१० मा उनले फिल्म ‘रक्त चरित्र’ मा काम गरे । त्यसबाट पनि उनले ‘बेस्ट न्यूकमरको स्क्रीन’ अवार्ड प्राप्त गर्न सफल भए । अहिले उनी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा एक हुन् । उनी एउटा फिल्मको लािग २०.२५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् । साथै फिल्मको कथा लेखनको पनि छुट्टै पारिश्रमिक लिन्छन् ।