१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

जापानको नयाँ थपिने भिषाले जापानबासी नेपालीलाइ समेट्न सकेन

जापानको नयाँ थपिने भिषाले जापानबासी नेपालीलाइ समेट्न सकेन
अ अ+ अ-

जिज्ञान कुमार थापा

सन् २०१८को जुन महिनाको तथ्याङकलाइ हेर्ने हो भने जापानबासी नेपालीहरु ८५३२१ जना छन। जुन जापान बस्ने आप्रबासी हरु मध्ये छैठौं ठुलो संख्या हो। जसमध्ये २८हजार जना बिधार्थी भिषामा छन भने २३ हजार जना डिपेन्डेन्ट छन। यो दुबै भिषालाइ जापानमा काम गर्न सिमित समय तोकिदिएको छ। अर्को ठुलो ग्रुप भनेको नेपाली तथा इन्डियन खाना बनाउने कुकहरु हुन। जुन १२ हजारको हाराहारीमा छन। प्रशिक्षार्थी कामदारको सख्या भने जम्मा १७२ मात्र छ।

जापानी सरह तलब दिने भनिएको प्रस्तावित नयाँ भिषाबाट नेपालीहरुले पनि लाभ पाउन सक्नु एकदमै राम्रो कुरा हो।

तर हाल जापानमा रहेका बिधार्थी, डिपेन्डेन्ट तथा कुक भिषामा आएर बिभिन्न बाध्यताहरुले अन्य ठाउँमा सस्तो तलबमा डराइ डराइ काम गर्नुपर्ने अवस्था भने यथावत रहने देखिन्छ। अझ निकट भविष्यमा जापानले लागु गर्ने भनिएको माइ नम्बर प्रणालीले आयकर तथा श्रमसंग सम्बन्धित नियमहरु कडा गर्दै लगेमा आयश्रोत कम भएका त्यस्ता ब्यक्तिहरुको जीवनयापन गर्न कठिनाइ हुनेकुरा सहजै अडकल गर्न सकिन्छ। नियम अनुसार जापानको कर तथा बिमा लगाएतका कुरा हरु तिर्नु पर्ने कुरा सबैलाइ थाहा भएकै बिषय हो। तर दुःखको कुरा हाल जापानमा भएका नेपालीहरु मध्ये कतिपयको स्थिति, चाहेर पनि कर तथा बिमा तिर्न नसक्ने अवस्थामा रहेको कुरा पनि बुझ्न जरुरी छ।

अधिकांश जापानबासि नेपालीहरुलाइ नसमेटेको यसपालीको जापानको बिदेशी कामदार सम्बन्धी नीतिमा बिधार्थी, डिपेन्डेन्ट तथा कुक जस्ता भिषाका नेपालीहरुलाइ पनि नयाँ भिषा अन्तरगत जापान आउने बिदेशी सरहको सेवा तथा सुविधा दिन पहल गर्नु आवश्यक छ।

जापानमा बसेर यहाँको भाषा वा रहनशहन, नीतिनियमहरु पनि बुझेका त्यसता नेपालीहरु जापानको लागी पनि आवश्यक जनशक्ति हुन्। हाल डिपेन्डेन्ट भिषालाई २८ घन्टा को कामको परिधी बाट हटाउन पहल गर्न सकिन्छ। बिधार्थीको हकमा पढाइ सकेर जापानमा रोजगरी गर्न चाहनेहरुलाई पढेको बिषय बाहेक अन्य बिषयहरुमा अझ धेरै बाटोहरु खोल्न घचघच्याउन सकिन्छ। कुकहरुले पनि निश्चित समय काम गरेपछी जापानकै अन्य कम्पनीहरुमा काम गर्ने बातावरण श्रृजना गरिदिन आग्रह गर्न सकिन्छ।

हाल जापान र नेपालमा, जापानको नयाँ भिषालाइ लिएर केहि अवसर हात पार्न सकिन्छ कि भन्ने होडबाजी गर्ने व्यवसायिहरु पनि कम छैनन। तर जापान बासी नेपालीहरुको स्थितिलाइ पनि सकरात्मक रुपमा समेट्न जापान सरकारलाई अनुरोध गर्ने बिषयमा भने सामाजीक अगुवाहरुको पहल न्यनु छ। यस बिषयमा सरोकारवालाहरु बसेर सम्बन्धित निकायलाइ सल्लाह सुझाव वा परिआएमा दवाव दिन आवश्यक ठान्दछु।

(जिज्ञान कुमार थापाकाे फेसबुक पेजबाट)