९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौँमा दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौँमा दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
अ अ+ अ-

काठमाडौँ । दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म काठमाडौँमा हुने भएको छ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान) ले बिहीबार पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ। महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन्। सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन्। बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछ। कार्यक्रममा नेपालले अन्तराष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि देखाइने बताइएको छ।

महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र जगत्का ख्यातिप्राप्त चलचित्रविद् सम्मिलित निर्णयकमण्डलबाट मूल्याङ्कन गराई पुरस्कार प्रदान गर्ने तयारी छ। सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र एक हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ।

नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्र रु पचास हजार र ट्रफी तथा छोटो चलचित्रलाई उत्कृष्ट भएकालाई रु पच्चीस हजार र ट्रफी प्रदान गरिनेछ।

महोत्सवमा २०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तरराष्ट्रिय चलचित्र देखाइने छ। नेपाल, भारत, बङ्गलादेश, चीन, श्रीलङ्का, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र रहेका छन्। प्रतियोगिताका मुख्य निर्णायक नीर शाहले महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

चलचित्र निर्देशक यादव खरेलले भाषा र संस्कृतिलाई मनोरञ्जनात्मक तरिकाबाट पस्कनु नै चलचित्र भएकाले यसलाई मनोरञ्जनको साधनका रुपमा मात्रै नलिन आग्रह गरे।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष खरेलले राष्ट्रिय चलचित्रसम्बन्धी नीति निर्माण भइसके पनि कार्यान्वयन नभएको भन्दै सरकाले यसको सफल कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए। आयोजक संस्थाका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रले नेपाली भाषा र संस्कृतिलाई समावेश गर्न सके मात्र उक्त चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्न सकिने बताए। पहिलो पटक यस्तो महोत्सव गत वर्ष पोखरामा गरिएको थियो।