१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

रबिन्द्र मिश्रको खुल्ला पत्र : हामी अल्मलियौं तर मुलबाटो छोडेका छैनौं

रबिन्द्र मिश्रको खुल्ला पत्र : हामी अल्मलियौं तर मुलबाटो छोडेका छैनौं
अ अ+ अ-

विवेकशील साझाका प्रिय सदस्य तथा शुभेच्छुकहरू,
केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो तर तपाईंहरू सबै अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न भ्याएको थिइन। आज लेख्दैछु।


सबैभन्दा पहिले म तपाईंहरूसँग ह्रिदयदेखि क्षमायाचना गर्न चाहन्छु। तपाईंहरूको हामीमाथि जुन विश्वास थियो र पार्टीमा जुन किसिमको परिस्थिति सृजना भयो त्यसबाट तपाईंहरूमा पुगेको आघात केवल व्यक्तिको पीडा, भावना, सहमति र विमतिसँगमात्र सम्वन्धित छैन। त्यो दशकौँदेखि यो देशको रूपान्तरणका लागि हरेक नेपालीको मनमा बलेको आगोसँग सम्वन्धित छ। आफ्नो र सन्तानको भविष्यसँग सम्वन्धित छ। त्यसैले तपाईंलाई परेको आघातका लागि हामी पार्टी निर्माणमा जुटेको नेतृत्व पंक्ति नै जिम्मेवार छौं।


त्यति भन्दाभन्दै पनि मैले केही कुरा स्पष्ट गर्नै पर्छ। म लगायत पार्टी नेतृत्वको एउटा पंक्तिमाथि अहिले निरन्तर आरोपहरू लगाइँदै छन्। माने लिउँ, हामी पत्रु हौं, हामी आडम्वरी हौं, गैरलोकतान्त्रीक हौं, सुसंस्कृत राजनीति नबुझेका पदका भोका हौं, हामीले संस्कार होइन सत्तामात्र देखेका छौं, हामी परम्परागत राजनीतिका प्रतिविम्व हौं, हामी अंकगणितको खेल खेल्ने षडयन्त्रकारी हौं, हामी जे, जे नहुनु पर्ने ती सबै हौं। अनि हामीलाई आरोप लगाउनेहरूचाहिँ नेपालका सबैभन्दा असल, क्षमतावान, सभ्य र सुसंस्कृत व्यक्ति हुन् जसको संघर्षबाट मात्र यो देश परिवर्तन हुन सक्छ। उहाँहरू त्यस्तै हुनुहुन्छ भने त्यस्तै रहनुहोस्, मेरो शुभकामना छ।
हामीले आफूलाई तुलनात्मकरूपमा असल मान्छे दावि गर्दागर्दै पनि हामी आखिर मान्छे नै हौं। हाम्रा कमजोरीहरू छन् र नयाँ यात्रामा हिँड्दा बेलाबखत बाटोमा अलमलियौं होला।

तर मुलबाटो न त छोडेका छौं, न त छोड्ने नै छौं। घुम्तीमा आएका अलमलबाट आत्तिएर बाटो बदल्दा गन्तव्यमा पुग्न सकिँदैन। परिस्थितिमा परेको गाँठो नफुकालेर बाहिर निस्कनेले फेरी अर्को गाँठो पार्छ या अर्को गाँठो पर्दा फेरी तर्सिएर भाग्छ। त्यसैले हामी जतिसुकै जटिलता आए पनि यो यात्रा छोड्दैनौं। र, विश्वास गर्नोस्, जसले जति नै सभ्य भाषामा दानवीकरण गर्न खोजे पनि समग्रमा हाम्रो बाटो गलत छैन। हामी ठिक दिशामा अग्रसर छौं। भएका कमजोरीहरू सुधार्दै जान्छौं।


हामी ठिक दिशामा अग्रसर छैनौं भन्नेहरूले ममाथि २० वटा आरोप लगाउन सक्छन्। स्वभाविकरूपमा म पनि ४० वटा प्रतिआरोप लगाउन सक्छु र त्यसका पर्याप्त आधार छन्। तर त्यसो गर्नु उपयुक्त हुँदैन। यद्दपी मैले एउटा कुरा चाहिँ तपाईंहरूलाई भन्नै पर्ने हुन्छ।


बाहिर र भित्र केही ९सबै होइन० साथीहरूको निरन्तरको एउटा प्रयास थियो – कुनै पनि हालतमा म लगायत नेतृत्वको एउटा पंक्तिलाई विफल प्रमाणित गरिदिने र केही वर्षदेखिको भिन्न नेतृत्व र शैली ठिक थियो भनेर स्थापित गर्ने। त्यो प्रयासले पार्टी निर्माणको काममा सधैं अत्यधिक जटिलता सृजना गर्यो। तर त्यो प्रयास सफल हुने संभावना न्युन भएपछि पछिल्लो स्थिति विकशित भयो, जहाँ एउटा पक्ष मरेर काम गर्थ्यो, जसका कारण देश(विदेशमा पार्टीको छवि उच्च भयो, विवेकशील साझाले साँच्चिकै देशको रूपान्तरणकारी नेतृत्व गर्न सक्छ भन्ने आशा सञ्चार गरायो।


तर अर्को एउटा पक्ष थियो, जो भएका कामको खोटमात्र खोजेर बस्दथ्यो र पार्टी निर्माणमा होइन, निरन्तर पार्टीको विखण्डनमा योगदान गरिरहेको थियो। गर्न नहुने काम गरिसकेपछि अहिले उहाँहरूलाई गलत कदमको औचित्य दर्शाउन तथ्यहरू तोडमोड गर्ने र पूर्ण तथ्य उल्लेख नगरी विश्लेषण गर्नु पर्ने वाध्यता छ र उहाँहरूले त्यही गरिरहनुभएको छ। तर देश विदेशमा फैलिएका सम्पूर्ण सदस्य, शुभेच्छुक, जिल्ला नेता र प्रदेश संयोजकहरूको एकतावद्ध सकारात्मकताका कारण सबै मिलेर हामी यो पार्टी बचाउन सफल भयौं। त्यसैले मेरा व्यक्तिगत कमजोरीका लागि तपाईंहरूसँग क्षमा माग्दामाग्दै, हामी तपाईंहरूप्रति हार्दिक नमन गर्न चाहान्छौँ।


तपाईंहरूको साथ नभइदिएको भए नेपाल साँच्चिकै रूपान्तरण गर्न सक्ने संभावना बोकेको बैकल्पिक राजनीतिको यात्रा वाल्यावस्थामैं निमोठिने थियो। र, आफूलाई वैकल्पिक भनेर रमाउने तर देश कुनै हालतमा रूपान्तरण गर्न नसक्ने एकाध पार्टीहरू बाँकी रहने थिए। मलाई पार्टी फुटाउन प्रत्यक्ष र परोक्ष भूमिका खेलेकाहरूभन्दा पार्टी जोगाउन भित्र र बाहिर महिनौंदेखि लागिपरेका साथीहरूको बारेमा चिन्ता छ। अनायासको एकांगी विश्लेषण, अहं र भावुकताका कारण उहाँहरू पनि अन्तिम घढीमा बहकिनुभयो भन्ने मेरो बुझाइ छ। कुनै आडम्बर र कुण्ठाबिना सकारात्मक शक्ति बोकेका ती साथीहरूको सदा भलो होस् र उहाँहरूको यो देशको रूपान्तरणमा कुनै न कुनै रूपमा ठोस भूमिका रहोस्। उहाँहरूको समय, उर्जा, पेशगत वृत्तिविकासका अवसर खेर नजाओस्।


नेपालभित्र र नेपाल बाहिर बसेका दशौं लाख नेपाली अझै पनि हामी मिलेर अगाडि बढिदिए हुन्थ्यो भन्ने पक्षमैं छन्। त्यो भावना यत्रतत्र सर्वत्र अभिव्यक्त भएका छन्। परिपक्व राजनीति भनेको आम सर्वसाधारणको भावनाको कदर हो। न वैचारिक विमति न कुनै ठूलो मनमुटाव। आवेग र अहंकाका कारण घर छोडेर हिँड्ने सन्तानले जस्तो व्यवहार गर्ने छुट हामीलाई छैन। मैले पहिले पनि लेखेको थिएँ, देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ। किनभने, हरेक मुटुमा देश अटाउनु पर्छ। पोख्नु पर्ने तिक्तता सबै छताछुल्ल भइसक्यो। अब पोख्न बाँकी केही पनि छैन। भन्न बाँकी पनि केही छैन। त्यसैले अझै पनि ढिलो भएको छैन। यो देशका लागि, हाम्रो भविष्य र सन्तानका लागि छाति र मुटु ठूलो बनाउँ र मिलेरै जाउँ भन्ने मेरो आग्रह छ।


जे होस्, यो पटकको जटिलता त हामीले मिलेर टार्यौं। तर हामीलाई के लाग्छ भने, हामीले यो देशको नेतृत्वमा पुग्नुअगाडि अझ धेरै र जटील जटिलताहरू पार गर्नुपर्छ। तपाईहरु विचलित नभईदिनुहोला। हामीमाथिको योजनावद्धरूपमा लगाइएका आरोप र त्यसले कतिपयमा परेको भ्रम चिर्दै हामी अगाडि बढिरहने छौं। सत्यतथ्य समयले स्थापित गर्ने नै छ। प्रिय साथीहरु, तपाईहरुको अटुट विश्वास, निरन्तरको लगाव, अहोरात्र खटाई र मुलुक रुपान्तरणको यो अभियानमा पूर्ण निष्ठा, सुझवुझ, संयमता, रचनात्मकता र कृयाशीलताका साथ सहयात्रा गर्न रत्तिभर पनि विचलित नहुन हृदयवाटै आग्रह गर्दछु।


फुटेर जाँदा जानेहरूको क्षणिक अहं त साम्य होला तर त्यसबाट समाज र देश रूपान्तरण हुँदैन। नेपालकै इतिहास पल्टाएर हेरे हुन्छ। यो जटिलताबाट हामी उठ्छौं र अझ सशक्तरूपमा उठ्छौं। हामी कसरी उठ्ने र कसरी अघि बढ्ने भन्नेबारे बुझ्न र बुझाउन यही माघ १२ गते पार्टीका सदस्यहरूको “विवेकशील साझा राष्ट्रिय सन्देश भेला” र माघ १३ गते विवेकशील साझा पार्टीमा चासो हुने सबै क्षेत्र र तप्काका सर्वसाधारणहरूका लागि काठमाडौंको राष्ट्रिय सभागृहमा “विवेकशील साझास् अबको यात्रा कस्तो र कसरी” कार्यक्रम आयोजना गर्दैछौं। तपाईंको उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौं। ती दुई दिनका कार्यक्रमहरुपछि हामी तपाईंहरूकै जिल्लामा पनि आउनेछौं। तपाईंहरू सबैको जय होस्, नेपालको जय होस् !
मिश्रको फेसबुकबाट