१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

भरतपुर महानगरमा कर तिर्न जाँदै हो ? चिया खाजाको पनि व्यवस्था गर्नुस् है !

भरतपुर महानगरमा कर तिर्न जाँदै हो ? चिया खाजाको पनि व्यवस्था गर्नुस् है !
अ अ+ अ-


के भरतपुर माहानगरपालिका वडा नम्बर ८ का कर्मचारीको नैतिकतामा पुरै ह्रास आएको हो ? घुस लिने त्यो पनि ९० बर्ष को बृद्ध सँग ! नेपाली जनता पाइला पाइलामा कर तिर्छन् । त्यो करबाट तलब खान्छन् महानगरका कर्मचारी । यात वडाले करदाताले कर्मचारीलाई कर तिर्ने बेलामा चिया खाजा खानदिने नियम नै बनाएको हो भने जानकारी पाउँ ।

नत्र मलाई प्रश्न सोध्न मन लाग्यो वडा नम्बर ८ का जनप्रतिनिधिलाई । सायद वडा नम्बर ८ को एकमात्र सहकारी संस्था होला रविकिरण । त्यही संस्थाको कर बुझाउने प्रसँगमा महानगरपालिकाका कर्मचारीले घुस बापत चिया खाजा लिन्छन् भने अरु सर्वसाधारणको अवस्था कस्तो होला ?

के वडामा गण्डकी टेलिभिजन या सिधा कुराको जनताले छड्के नै गर्नुपर्ने भए को हो त ? कि अन्नपूर्ण टेलिभिजन या एबिसी टेलिभिजन नै आउनुपर्ने हो या अरु पत्रकारलाई खवर गर्नुपर्ने हो ? कि भरतपुर महानगर प्रमुखलाई नै पो जानकारी गराउनुपर्ने हो कि ?

कि देशैभरि झ्याली पिटौँ त भरतपुर महानगरपालिकाको वडा नम्बर ८ का कर्मचारीले कर बुझाउन जाँदा करको दस्तुरसँगै कर्मचारीलाई चियापान र खाजाको पनि व्यवस्था गर्नुपर्नेछ भनेर !
आचार्य सन्तोषको फेसबुक वालबाट