२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलितको सीप चल्ने,राम्री राम्री छोरी र सेक्स चल्ने तर पानी किन नचल्ने ?



अ+ अ-

सीप चल्छ,दलितका राम्री राम्री छोरी चल्छ,पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ,मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती दलितले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।

पंधेराबाट पानी भरी ल्याउने तामाको गाग्री दलितले नै बनाएको चल्छ तर दलितले छोएको पानी चल्दैन ।

वाहा ! कति रमाईलो छ है नेपाली समाज र?
सेक्स चल्ने , जवान चल्ने , सीप चल्ने,औजार चल्ने तर उसैले खाली शरीरले छोएको पानी नचल्ने ?

पानी पानी नै रंग हुदैन ।मैले सुने को थिए पानी को कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ । तर मान्छे मान्छे नै हो । मान्छेमा कुनै फरक हुदैन ।

मानिसको शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ। भौतिकवादले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।


हामी नेपाली एउटा सियो बनाउने उपाय छैन । भौतिवादको आँखामा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ ।


मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन ।


एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो ।




भर्खरै