२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप भोलिदेखि



अ+ अ-

काठमाडौँ । द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुदैछ । एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइभ ए साइडको स्वरुपमा हुने दुवै उमेरसमूहको फुटसलमा समान १६–१६ टिमको सहभागिता रहने छ । यु–१२ मा राजश्री गुरुकुल र यु–१६ मा माउन्ट ग्लोरी डिफेन्डिङ च्याम्पियन हुन् ।

बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १३ र गल्र्समा १२ टिमको सहभागिता निश्चित भएको आयोजकले जानकारी गरायो । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा सेब र गल्र्समा स्किब्स साविक विजेता हुन् । फुटसल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा खेलाइने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ रुपैयाँ खर्च हुनेछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।