१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाग्यमानी मेस्सी अब खतरनाक हुन सक्नेछन् !



अ+ अ-

काठमाडौं । सन् २०१४ को विश्वकपमा आफ्नो टिम अर्जेन्टिनालाई फाइनलको यात्रासम्म पुर्याएर चर्चा कमाएका बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बारम्बार भाग्मानी टहरीदै आएका छन् ।

सन् २०१४ मा जर्मनीसँग हार बेहोरेर दोस्रो स्थानमा समेटिएको आफ्नो टिमलाई सन् २०१८ मा भने पहिलो खेलमा आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गर्दा १–१ को बराबरीमा रोकिँएपछि लगातार आलोचनाको सिकार भएका थिए ।

दोस्रो खेलमा क्रोएसियासँग ३–० ले हार्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी निरिह देखिएपछि २०१४ को झै सन्यास लिने आकलन गरेका थिए तर मेस्सीले आफु नलडिकन फेरी उठ्नो कोशिस जारी राखे । उक्त प्रतियोगिता मै नाइजेरियालाई २–१ ले हराएर अन्तिम १६ मा स्थान सुरक्षित गर्दा पहिलो गोल मेस्सीले नै गरेपछि फेरी वाह वाहको प्रसंसा पाएका थिए ।

विश्वकपबाटै बाहिरिने डर यथार्थ बन्दै गर्दा ८६ औं मिनेटमा मेस्सी र टिम अर्जेन्टिना भाग्यमानी सावित भयो । रोजोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनी समर्थकलाई खुसीमात्र दिएनन्, टिमको उद्दार पनि गरे ।

जितपछि मेस्सीले भने, ‘मैले यस्तो तनाव र पीडाको स्थिति अहिलेसम्म भोगेको थिइनँ ।’ उनको भनाइबाट पनि उनी खेलअघि कस्तो अवस्थामा थिए र खेलपछि कस्तो स्थितिबाट बाहिरिएका छन् भन्ने प्रस्ट हुन्छ ।

विश्वकपमा पहिलो चरणबाटै बाहिरिनु परेको भए मेस्सी र उनका साथी खेलाडीका लागि योभन्दा दुःखद अवस्था अरु हुने थिएन । केही खेलाडीले सन्यासको घोषणा गर्थे, भित्रभित्रै बिग्रिरहेको अर्जेन्टिनी फुटबल झनै कमजोर हुन पुग्थ्यो ।

क्लबका लागि राम्रो गर्ने र राष्ट्रिय टिममा कमजोर भनेर मेस्सीमाथि लाग्ने गरेको आरोपले झनै बल पाउथ्यो । यसले विश्व फुटबल उत्कृष्ट भनेर चिनिएका मेस्सीमाथि कमजोर खेलाडीको आलोचित छाया पर्ने थियो ।

यो सबैबाट मेस्सी जोगिए । विश्वकपसम्म कठिन बनेको अर्जेन्टिनी यात्रामा हृयाट्रिक गरेर होस् या विश्वकपमा खेलसँगै खेलाडीको मनोबल बढाउने काममा होस् उनी लागिपरे । यसैले अपमान र कठिन परिस्थितिको सामनाले उनी झनै डरलाग्दो भएका छन् ।

विश्वकपमा अर्जेन्टिनालाई जे भइरहेको छ, त्यो मेस्सी अनुकुल छैन । आइसल्याण्डसँग, क्रोएसियासँग होस् या त नाइजेरियासँग नै उनीहरु निकै सकस गरिरहेका छन् । अर्जेन्टिनाको खेलले जुन आकार लिने अपेक्षा गरिएको थियो त्यो अझै भएको थिएन ।

अहिलेकै अवस्थामा त्यसलाई सुधार गरेर अघि बढ्नुबाहेक उनीहरुसँग विकल्प पनि छैन । के भएन र के हुनुपथ्र्यो भनेर छलफल गर्नेभन्दा अब के गर्ने भन्ने योजनामा उनीहरु बढ्नु पर्ने छ । यसले फुटबल जगतका स्टार मेस्सीलाई पनि राष्ट्रिय टिमको कमजोर अवस्था फेर्ने मौका मिल्नेछ ।

फुटबलका धेरै कीर्तिमानमा नाम लेखाइसकेका मेस्सीले गरेको गोल पनि नजानिदो पारामा फुटबल समर्थकले सम्झिरहने माध्यम बन्दै छ ।

मेस्सी विश्वकप फुटबलमा आफ्नो उमेरका हरेक दशकमा गोल गर्ने पहिलो खेलाडी पनि बने । उनले किशोरावस्था, उमेरको २० को दशक र ३० को दशकमा गोल गरे ।

सन् २००६ को विश्वकपमा पहिलो गोल गर्दा मेस्सी किशोर थिए । २०१४ मा गोल गर्दा २० काटेको अवस्थामा थिए । अहिले ३१ वर्षमा पनि उनले गोल गरे ।

मेस्सीले विश्वकपमा गरेको गोलको संख्या ६ रहेको छ । उनी तीन विश्वकपमा गोल गर्ने अर्जेन्टिनाका तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि डिएगो म्याराडोना १९८२, १९८६ र १९९४ तथा गाब्रिएल बाटिस्टुटाले १९९४, १९९८ र २००२ मा गरेर तीन विश्वकपमा गोल गरेका थिए ।

फुटबल समर्थकमाझ गएको १० वर्षदेखि क्रिष्टियानो रोनाल्डो कि लियोनल मेस्सी भनेर हुने गरेका चर्चा र आलोचनाले पनि स्टार खेलाडीहरुलाई असर पुगिरहेको छ । त्यस्तै परिस्थितिमा छन् मेस्सी पनि ।

फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि मेस्सी र रोनाल्डोले पाँच–पाँच पटक जितेका छन् । हर प्रतियोगिताले अवार्डको भागेदार बनाउने होडले गर्दा मेस्सीलाई दवाव पर्ने गरेको छ ।

मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वार्टरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १–० ले पराजित भयो ।

त्यो सबै बिर्साउने र आफ्नै कप्तानीमा विश्वकप जिताउने अवसर मेस्सीका लागि अर्कोपटक नजुर्न सक्छ । कतारमा सन् २०२२ मा हुने विश्वकपमा मेस्सी ३५ वर्षका हुने छन् । जतिबेला उनको यो खेलशैली र क्षमता रही नरहन सक्छ ।

जब अर्जेन्टिनाको कुरा आउँछ हेर्दा त मेस्सीबिना पनि टिम पूर्ण नै हुनुपर्ने हो । पूरै अनुभवी र सक्षम खेलाडीको लाइन अर्जेन्टिनासँग छ । सर्जियो अग्युरो, गोन्जालो हिग्वेन, एन्जेल डिमारिया, पाउलो डिबाला नामहरु पनि सक्षम हुन् ।

फरवार्डको लामो तालिका हुँदाहुँदै पनि विश्वकपमा कमजोर बनेको अर्जेन्टिना र विश्वकप छनोटदेखि नै मेस्सीमा भएको निर्भरताले टिममा उनी केन्द्रमा परेका छन् ।

अनुभवी मेस्सीले चाहिने बेला टिमलाई दिएको योगदान महत्वपूर्ण छ । यसैले कमजोरीबाट गुज्रिरहेको अर्जेन्टिनी टिमले यसपटकको कोपा अमेरीकामा उनी अबको खेलमा खतरनाक हुने मौका आएको छ ।

यो सबैका बीच पनि मेस्सी समस्याले घेरिएका छन् । खेलमा हुनुपर्ने लय र तालमेल मिलाउन सकेका छैनन् । अर्जेन्टिनालाई कोपा अमेरीका २०१९ को उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढाइरहँदा मेस्सी माथि नै थप जिम्मेवारी थपिने छ । अहिले उनी उत्कृष्ट लएमा छन् स्पेनिस कल्ब बार्सिलोनाबाट ४०० गोल गरिसकेका मेस्सी सन् २०१८ को उपाधि दिलाएर सन् २०१४ र २०१८ को विश्वकपमा लागेको दाग मेटान सक्छन् ।

उनि विरुद्ध लागेको हर आरोपलाई सुधार गर्दे यसपटकको कोपा अमेरीकाको उपाधि दिलाएर लामो स्वास फेन मौका मिलेको छ । अहिले सम्पूर्ण आश मेस्सीमा रहेको हुदाँ उनले आफ्नो लय समात्न जरुरी देखिन्छ । कल्बका प्रतियोगितामा मात्रै हाईन उनि देशका लागि पनि अब्बल रहेको साबित गर्न सक्धने दिन आएकाले कोपा अमेरीको उपाधिका लागि पनि फिट रहन जरुरी रहेको छ ।

अपमानको घेराबाट बाहिरिएर अब मेस्सी आफुपनि सक्षम रहेको प्रमाण यो सन् २०१९ मा हुने कोपा अमेरीकाको प्रतियोगितामा दिन सक्छन । त्यसैले उनको अब यो नै अन्त्मि प्रतियोगिता हुने भएका कारण यसमा उपाभ्धि दिलाउन जरुरी देखिन्छ ।