• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी ★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने

नेपाली काङ्ग्रेसद्धारा संसदमा अबरोध, आज पनि बैठक स्थगित



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।

यसअधि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा ठूला अस्पताल सङ्घ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङग्रेसले आपत्ति जनाउँदै आएको छ ।

आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङग्रेसका सांसद आ–आफ्ना स्थानमा उठ्नु भएको थियो । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले काङग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिए ।

सांसद पाण्डले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाए ।

उनलेले गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, संविधान निर्माणमा आफ्ना शीर्ष नेताको योगदानलाई कही कतैबाट अवमूल्यन गर्ने काम नहोस् भन्दै ती अस्पतालले जनताको स्वास्थ्य सेवा गर्ने अवसर पाउने बताए ।
सांसद पाण्डेले चालु अधिवेशन विधेयक अधिवेशन समेत भएकाले नेपाली काङग्रेसले सरकारलाई रचनात्मक भूमिकामा सहयोग गर्ने बताए । त्यसपछि पनि नेपाली काङग्रेसका सांसदहरु आ–आफ्ना आसनबाट उठिरहेकाले अध्यक्ष तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गर्नुहुने लगायतका कार्यसूची रहेको थियो ।