२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर

स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । बौद्धधर्मनुसार सागा दावा एउटा ठूलो र धेरै महत्वपूर्ण धार्मिक पर्व हो । यो चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ ।

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दुखी लाई दान गर्ने गरिन्छ ।

सागा भनेको आकाशका तारामध्ये एउटा प्रमुख ताराको नाम हो । यो तारा प्रमुख ताराको रुपमा भोलिदेखि झुल्किने गर्दछ । दावा भनेको महिनाको नाम हो । त्यसैले यो महिनालाई सागा दावा भनिन्छ ।

यो महिनाको पन्ध्रौँ तिथि पुर्णिमाको दिन तथागत गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र सोही पुर्णिमाको दिन सिद्धार्थ गौतमले बोधगयामा सम्यकसम्बोधी एवं बुद्धत्व प्राप्त गर्नु भएको र पुर्णिमाको दिन गौतम बुद्धको कुशिनगरमा महापरिनिर्वाण भएको मानिन्छ ।

त्यसैले पनि यो महिना अर्थात वा सागा दावालाई धेरै महत्वपुर्ण भनिएको हो । जुन बेला बुद्ध जन्मिनुभयो त्यही बेला वैशाख पूर्णिमा र सागा दावाएकै महिना परेको थियो । बुद्धिष्ट क्यालेण्डरको तिथिमिति, कहिले बढी र कहिले घटी हुने भएकोले वैशाख पूर्णिमा र सागाधावा एक महिनाको अघिपछि पर्न पुग्दछ । यो प्रत्येक तीन वर्षमा सँगै पनि पर्न आउँछ ।

यो महिनामा सबै गुम्बाहरुमा ठूलाठूला पुजापाठ, साधना, अभिषेक (वाङ) मौनव्रत (ङ्युङने) जस्ता धार्मिक कार्यक्रमहरु हुने गर्दछन् । यो विशेषगरी स्वदेश तथा विदेशमा रहेका बौद्ध गुम्बाहरुले आयोजना गर्ने गर्छन् । यो महिनामा हामीले जति धर्म, पुण्य र पाप कर्म गर्छौँ त्यसको सय गुना धर्म र पापको फल प्राप्त हुने बौद्ध धर्मका धर्मशास्त्रमा उल्लेख गरेको छ ।

त्यसैले यो एक महिना सकेसम्म राम्रो कर्म गरी पुण्य कमाउन र पाप कर्म नगर्न यो पर्वले विशेष आग्रह गर्दछ । प्रत्येक मानवले रक्सी, जाँड, मदमदिरा, माछा, मासु, चुरोट, सुर्तीको सेवन त्याग्न सकेमा अति उत्तम हुने बताइएको छ।

यो महिनामा पुण्य गरे धेरै ठूलो पुण्य र पाप गरे ज्यादै ठुलो पाप कर्म भोग्नु पर्ने बौद्ध धर्मशास्त्रमा उल्लेख छ । विशेषगरी यो महिनाको अष्टमी, दशमी, पूर्णिमाको २५ औँ तिथि दशमी र औँसीको दिनमा सोज्योङ व्रत बस्न सके जो कोहीले अधिक पुण्य प्राप्त गर्ने बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख छ ।

यो एक महिना भुटान, सिक्किम र तिब्बतमा काटमार गर्ने र माछा, मासु बेच्ने सबै कार्य बन्द हुने गर्दछ ।

यस अवधिमा प्राण हत्या, चोरी, व्यभिचार, झुटो बोल्ने, फजुल गफ जस्ता १० अकुशल कार्य पालना गर्न सके अपार पुण्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

तथागत बुद्धको आशिर्वाद, सम्पूर्ण प्राणी जगत्को भलाइ, चिर सुख, शान्ति, समृद्धि, निरोगी, दीर्घायु तथा क्रमश: आफूले चिताएबमोजिम सम्पूर्ण कार्य पूरा हुँदै आउने शास्त्रमा उल्लेख छ ।