२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दो रहेको बताउनुभएको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औं जन्मजयन्तीका अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको दर्शनको सान्दर्भिकता बढ्दो क्रममा रहेको बताउनुभएको हो । उहाँले आम नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्माण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेकोवैशाख पूर्णिमालाई विश्वुभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनु भएको शिक्षा र प्रतिपादन गर्नु भएको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्द्रसंघले समेतसन १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्द्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ– ‘विश्वका विभिन्न भू–भागमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मानर सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उङ्खिकैमननीय र उपयोगी रहेका छन् । बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानलाई थप सुदृढ गर्न सकिन्छ । तसर्थ, समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्दै धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाकव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई वृहत राष्द्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन पनि आह्वान गर्नुभएको छ ।