२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 5.66

Humidity: 41

Latest
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान, पूर्वउपराष्ट्रपति पुन पनि सहभागि पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश ‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’ सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरूरी छ भन्नुभयो ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा नकारात्मक असर परिरहको भन्दै सहभागीको ध्यानाकर्षण गराउनुभयो । पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको समस्या अझै बढ्नसक्ने भन्दै उहाँले तापमान वृद्धि एक दशमल पाँच डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । “जलवायु परिवर्तनले ल्याएका समस्या अझै बढ्ने अवस्था छ । यसबाट हिमाली क्षेत्रमा बढी असर गरिरहेकाले त्यहाँको जनजीवन अझै कठिन बन्दै जाने देखिन्छ,” उहाँले भन्नुभयो, “यसर्थ विश्व समुदाय नै तापमान वृद्धि रोक्न एकजुट भए लाग्न जरुरी छ ।”

जलवायु परिवर्तनका असरले हिमाली भेगका समुदाय, त्यहाँको परिस्थितिकीय प्रणाली, कृषि, वन्यजन्तुलगायतमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले न्यूनीकरण र अनुकूलनको तयारीमा नजुटे अझै बढी असर पर्ने धारणा राख्नुभयो ।

जलवायु परिवर्तनको असरका कारण विपद्जन्य घटना बढ्न सक्ने र समयमा नै सबै क्षेत्र सजक रहेर जलवायुको असर न्यूनीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो । “जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूले न्यून भूमिका खेले पनि यसको असर सबैभन्दा बढी हाम्रै हिमालमा परेको छ, हिमालका हिउँ पग्लिँदै छन्, हिमताल विस्फोट हुने खतरा बढ्दैछ”, उहाँले भन्नुभयो, “तसर्थ अब जलवायु न्यायका लागि हामीले आवाज उठाउनुपर्छ, जलवायु परिवर्तनको असर सम्बन्धमा सबैको एउटै साझा आवाज हुनुपर्छ ।” रासस