१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’

‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिन सबै नेपालीमा विशेष आग्रह गर्नुभएको छ ।

नयाँ बर्षको अवसरमा प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले सोमवार (बैशाख एक गते) आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनता नै सबैको केन्द्र भागमा हुनुपर्ने बताउनु भएको हो ।

‘अब हामी सानातिना कुराहरु र बैयक्तिक स्वार्थजस्ता कुराहरुमा अलमलिने होइन । देश र जनताको आवश्यकतालाई ध्यानमा राखेर हामी सबै अगाडि बढनुपर्छ । विश्वभर जहाँ रहेका भए पनि हामी नेपाली जातीले देशको प्रतिष्ठा उकास्ने कुरामा बिशेष ध्यान दिनुपर्छ । सरकार त्यही काममा अघि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले विदेशमा बस्ने नेपालीहरु भ्रम र अफवाहको शिकार बन्न नहुनेतर्फ पनि बिशेष आग्रह गर्नुभयो । नयाँ बर्षलाई देश र नेपाली जातीको हितमा सोचेर कदम चाल्नुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औल्याउनु भएको छ ।

‘गएको बर्ष हामी सुशासन र बिकाशको गतिलाई अगाडि बढाउने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने साझा संकल्पलाई साकार पार्ने प्रयाशमा हामी लाग्न पाएका छौं ।एकासी साल केही असन्तुष्टीका स्वरहरु पनि देखिए । तर केही यस्ता क्रियाकलाप देखिए पनि गएको बर्ष शान्ति सुब्यवस्थाकै बर्ष, सुशासनतर्फको बर्ष, भ्रष्टाचार नियन्त्रणतर्फको बर्ष भनेर नै ठान्न सकिने र मान्न सकिने आधारहरु बनेका छन,’ नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले अब आउने साललाई नेपाल र नेपालीका लागि बिशेष बनाउनु पर्ने पनि बताउनु भयो । ‘यो बयासी साल हाम्रो बिबिधतायुक्त नेपाल, हाम्रो सम्पन्न साँस्कृतिक, भौगोलिक, प्राकृतिक, जैविक, बनस्पितीय, सामाजिक साँस्कृतिक सवै हिसावले यस सम्पन्न राष्ट्रले अव यस बिबिधतालाई साझा सम्पदाको रुपमा मानेर सामाजिक न्याय र सदभावको माध्यमबाट सामाजिक सदभाव कायम गर्दै अगाडि बढने र राष्ट्रिय एकता कायम गरेर देश बिकाशको बाटोमा हामी सवै अगाडि बढने कुरामा हामी लाग्नुपरेको छ । राष्ट्रिय एकतालाई मजबत बनाउनु परको छ र बिकाशका काममा एकजुट भएर लाग्नुपरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले सही समयमा सही कार्यक्रम आयोजना गरी बिश्वभर छरिएर रहेका नेपालीलाई सुसुचित र देशको संस्कृतिको बिषयमा जानकारी दिएको भन्दै ओएनएफलाई धन्यवाद दिनुभयो ।

उहाँले बिदेशमा बसेर नेपाललाई होच्याउने काम नगर्न पनि बिशेष आग्रह गर्नुभयो । ‘बिदेशमा बसेर देशको आन्तरिक रुपमा मानमर्दन हुनेगरी, सभ्यता, शिष्टतामा मर्दन हुने गरी हामीले ब्यवहार गर्न सवैले सिक्दा रामो हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ बर्षलाई सवैको हितमा सोच्ने बर्षका रुपमा अघि बढाउने सोच बिकाश होस भन्ने शुभकामना पनि दिनुभएको छ । ‘नयाँ बर्षको यस घडीमा म प्रवासी नेपालीहरु, गैर आवासीय नेपालीहरु र सम्पुर्ण नेपालीहरुमा फेरि पनि हामी प्रवेश गर्दै गरेको नयाँ बर्षको सुख, शान्ति, समृद्धिको कामना भन्न चाहन्छु । नयाँ बर्ष सुखद होस । र हाम्रो नेपाली जातीको, नेपाल राष्ट्रको समृद्धि र प्रतिष्ठा दुनियाँमा बढदै जाने परिस्थिति बनोस । धेरैधेरै शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले प्रवासी नेपालीको समस्या, चाहना र मागहरुप्रति सरकार निकै गम्भीर र सम्वेदनशील रहेको भन्दै पूरा गर्ने जानकारी दिनुभयो । ‘प्रवासी नेपालीहरुले सवै यथोचित हक अधिकारहरु पाउनुपर्छ । त्यस अधिकारको प्रयोग गर्न पाउनुपर्छ । मातृभूमि र पुख्र्यौंली थलोप्रतिको माया र देशले बाहिर गएकाप्रति गर्ने माया असाधारण हुन्छ । हामीले यो कुरा बुझनुपर्छ,’ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशबाहिर अनुकुलताको सीमा हुन्छन । तरपनि त्यहा बस्नुपर्ने हुन्छ । त्यहा बस्दा पनि हामीले देशलाई सम्झनु पर्नेहुन्छ । आजको दुनियामा देशलाई एउटा सम्मानति देशका रुपमा कसरी अगाडि बढाउने भन्ने चिन्ता र चासो हुनुपर्दछ ।’

उहाँले विश्वमा केही समस्या आएकोतर्फ पनि सबैको ध्यानाकर्षण गराउनु भयो । ‘हामी देखिरहेका छौं, बिश्व परिस्स्थिति, बिश्वब्यवस्थामा केही तरंगयुक्त, केही ठाउमा द्ध्वन्दगस्त अप्रियताको अवस्थाहरु भएका छन । ८२ साललाई यस्ता अप्रियतापुर्ण अवस्थाबाट मुक्त गर्न हामी सवैको पहलकदमी हुन आवश्यक छ । शान्तिको मार्गमा लैजाने काममा सवैको पहल होस भन्ने हाम्रो चाहना छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रवासमा रहेका सबै नेपालीमा पुगेर ओएनएफले देश समृद्ध बनाउने र नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने कुरामा बिशेष पहलकदमी लिनुपर्ने बताउनु भयो । यस्तै अध्यक्ष सञ्जय थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।

त्यसअघि कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी, ओएनएफ उपाध्यक्ष रमेश पाण्डे, कला साहित्य बिभाग इञ्चाज सरस्वती केसीलगायतका बक्ताहरुले शुभकामना दिनुभएको थियो । सोही कार्यक्रममा प्रवासी नपाली मञ्च अन्तराष्ट्रिय कमिटीको कला साहित्य बिभागले तयार पारेको प्रवासी नेपाली मञ्चको गीत सार्वजनिक गरिएको थियो ।