१० बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिन सबै नेपालीमा विशेष आग्रह गर्नुभएको छ ।

नयाँ बर्षको अवसरमा प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले सोमवार (बैशाख एक गते) आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनता नै सबैको केन्द्र भागमा हुनुपर्ने बताउनु भएको हो ।

‘अब हामी सानातिना कुराहरु र बैयक्तिक स्वार्थजस्ता कुराहरुमा अलमलिने होइन । देश र जनताको आवश्यकतालाई ध्यानमा राखेर हामी सबै अगाडि बढनुपर्छ । विश्वभर जहाँ रहेका भए पनि हामी नेपाली जातीले देशको प्रतिष्ठा उकास्ने कुरामा बिशेष ध्यान दिनुपर्छ । सरकार त्यही काममा अघि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले विदेशमा बस्ने नेपालीहरु भ्रम र अफवाहको शिकार बन्न नहुनेतर्फ पनि बिशेष आग्रह गर्नुभयो । नयाँ बर्षलाई देश र नेपाली जातीको हितमा सोचेर कदम चाल्नुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औल्याउनु भएको छ ।

‘गएको बर्ष हामी सुशासन र बिकाशको गतिलाई अगाडि बढाउने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने साझा संकल्पलाई साकार पार्ने प्रयाशमा हामी लाग्न पाएका छौं ।एकासी साल केही असन्तुष्टीका स्वरहरु पनि देखिए । तर केही यस्ता क्रियाकलाप देखिए पनि गएको बर्ष शान्ति सुब्यवस्थाकै बर्ष, सुशासनतर्फको बर्ष, भ्रष्टाचार नियन्त्रणतर्फको बर्ष भनेर नै ठान्न सकिने र मान्न सकिने आधारहरु बनेका छन,’ नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले अब आउने साललाई नेपाल र नेपालीका लागि बिशेष बनाउनु पर्ने पनि बताउनु भयो । ‘यो बयासी साल हाम्रो बिबिधतायुक्त नेपाल, हाम्रो सम्पन्न साँस्कृतिक, भौगोलिक, प्राकृतिक, जैविक, बनस्पितीय, सामाजिक साँस्कृतिक सवै हिसावले यस सम्पन्न राष्ट्रले अव यस बिबिधतालाई साझा सम्पदाको रुपमा मानेर सामाजिक न्याय र सदभावको माध्यमबाट सामाजिक सदभाव कायम गर्दै अगाडि बढने र राष्ट्रिय एकता कायम गरेर देश बिकाशको बाटोमा हामी सवै अगाडि बढने कुरामा हामी लाग्नुपरेको छ । राष्ट्रिय एकतालाई मजबत बनाउनु परको छ र बिकाशका काममा एकजुट भएर लाग्नुपरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले सही समयमा सही कार्यक्रम आयोजना गरी बिश्वभर छरिएर रहेका नेपालीलाई सुसुचित र देशको संस्कृतिको बिषयमा जानकारी दिएको भन्दै ओएनएफलाई धन्यवाद दिनुभयो ।

उहाँले बिदेशमा बसेर नेपाललाई होच्याउने काम नगर्न पनि बिशेष आग्रह गर्नुभयो । ‘बिदेशमा बसेर देशको आन्तरिक रुपमा मानमर्दन हुनेगरी, सभ्यता, शिष्टतामा मर्दन हुने गरी हामीले ब्यवहार गर्न सवैले सिक्दा रामो हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ बर्षलाई सवैको हितमा सोच्ने बर्षका रुपमा अघि बढाउने सोच बिकाश होस भन्ने शुभकामना पनि दिनुभएको छ । ‘नयाँ बर्षको यस घडीमा म प्रवासी नेपालीहरु, गैर आवासीय नेपालीहरु र सम्पुर्ण नेपालीहरुमा फेरि पनि हामी प्रवेश गर्दै गरेको नयाँ बर्षको सुख, शान्ति, समृद्धिको कामना भन्न चाहन्छु । नयाँ बर्ष सुखद होस । र हाम्रो नेपाली जातीको, नेपाल राष्ट्रको समृद्धि र प्रतिष्ठा दुनियाँमा बढदै जाने परिस्थिति बनोस । धेरैधेरै शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले प्रवासी नेपालीको समस्या, चाहना र मागहरुप्रति सरकार निकै गम्भीर र सम्वेदनशील रहेको भन्दै पूरा गर्ने जानकारी दिनुभयो । ‘प्रवासी नेपालीहरुले सवै यथोचित हक अधिकारहरु पाउनुपर्छ । त्यस अधिकारको प्रयोग गर्न पाउनुपर्छ । मातृभूमि र पुख्र्यौंली थलोप्रतिको माया र देशले बाहिर गएकाप्रति गर्ने माया असाधारण हुन्छ । हामीले यो कुरा बुझनुपर्छ,’ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशबाहिर अनुकुलताको सीमा हुन्छन । तरपनि त्यहा बस्नुपर्ने हुन्छ । त्यहा बस्दा पनि हामीले देशलाई सम्झनु पर्नेहुन्छ । आजको दुनियामा देशलाई एउटा सम्मानति देशका रुपमा कसरी अगाडि बढाउने भन्ने चिन्ता र चासो हुनुपर्दछ ।’

उहाँले विश्वमा केही समस्या आएकोतर्फ पनि सबैको ध्यानाकर्षण गराउनु भयो । ‘हामी देखिरहेका छौं, बिश्व परिस्स्थिति, बिश्वब्यवस्थामा केही तरंगयुक्त, केही ठाउमा द्ध्वन्दगस्त अप्रियताको अवस्थाहरु भएका छन । ८२ साललाई यस्ता अप्रियतापुर्ण अवस्थाबाट मुक्त गर्न हामी सवैको पहलकदमी हुन आवश्यक छ । शान्तिको मार्गमा लैजाने काममा सवैको पहल होस भन्ने हाम्रो चाहना छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रवासमा रहेका सबै नेपालीमा पुगेर ओएनएफले देश समृद्ध बनाउने र नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने कुरामा बिशेष पहलकदमी लिनुपर्ने बताउनु भयो । यस्तै अध्यक्ष सञ्जय थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।

त्यसअघि कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी, ओएनएफ उपाध्यक्ष रमेश पाण्डे, कला साहित्य बिभाग इञ्चाज सरस्वती केसीलगायतका बक्ताहरुले शुभकामना दिनुभएको थियो । सोही कार्यक्रममा प्रवासी नपाली मञ्च अन्तराष्ट्रिय कमिटीको कला साहित्य बिभागले तयार पारेको प्रवासी नेपाली मञ्चको गीत सार्वजनिक गरिएको थियो ।