६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश जारी गरेको छ ।

स्थानीयले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । इँटाभट्टा बन्द गर्न माग गरिएको रिट निवेदनमा पाँच वर्षपछि २०८१ चैत १२ मा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो ।

इँटाभट्टा मापदण्ड पूरा नगरी सञ्चालन हुँदा प्रदूषण बढेको, इँटाभट्टाले प्रयोग गर्ने माटो उत्खननले प्राचीन स्मारक तथा पुरातात्विक वस्तुहरूको अस्तित्व समाप्त हुन जाने जोखिम रहेको तथा कृषिजन्य उत्पादन तथा स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको थियो ।

पाँचखालमा आठ वटा इँटाभट्टा सञ्चालनमा छन् ।