२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । सोमबार बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सलमानको लागि यो म्यासेज वडोदरा नजिकैको एउटा गाउँबाट पठाइएको थियो । म्यासेज पठाउने व्यक्ति २६ वर्षका छन् ।

अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक व्हाट्सएप नम्बरमा एउटा म्यासेज पठाएका थिए, जसमा सलमान खानलाई उनको घर भित्र घुसेर मार्ने र उनको कारलाई बमले उडाइदिने भनेर लेखिएको थियो ।

एएनआईको हालैको रिपोर्ट अनुसार, सलमान खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय केटाको रूपमा पहिचान गरिएको छ ।

सुरुमा, प्रहरीले समन पठाएको थियो र उनलाई २–३ दिनभित्र उपस्थित हुन आदेश दिइएको थियो । तर, मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई सोमबार नै पक्राउ गरिएको हो । हाल उनको नाम खुलाइएको छैन ।

रिपोर्टका अनुसार अनुसन्धानबाट सन्देश पठाउने व्यक्तिको मानसिक अवस्था राम्रो नभएको पत्ता लागेको छ । परिवारले उनको उपचार भइरहेको दाबी गरेको छ । यो तथ्य पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ ।