६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट

दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट
अ+ अ-

लिस्बन । सर्वाधिक धनराशि पुरस्कार रहेको नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि ६० देशबाट २४० जना प्रतिभा छनोट भएका छन् ।

‘इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले नेपालसहित १२ भन्दा बढी मुलुकमा अडिसन लिई ती प्रतिभा छनोट गरेको हो । पहिलो चरणको अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि १२० जना र मेरो डान्स युनिभर्सका लागि १२० जना प्रतियोगी छनोट गरेको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

विश्वका विभिन्न मुलुकमा भएको स्थलगत अडिसनमा सात हजारभन्दा बढी नेपाली मूलका नेपालीभाषी प्रतियोगी सहभागी भएको भट्टराईले बताउनुभयो । छनोट भएका प्रतियोगीहरुलाई फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौँ ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गराएको छ । छनोट भएका अधिकांशलाई काठमाडौँ ल्याइएको फाउन्डेसनले जनाएको छ ।

भट्टराईका अनुसार गायन र नृत्य गरी दुवैतर्फका शोका लागि अमेरिकामा भएको अडिसनबाट १० जना, क्यानडाबाट दुई, बेलायतबाट १०, पोर्चुगलबाट १०, भूटानबाट चार, थाइल्याण्डबाट १०, हङकङबाट १०, जापानबाट १०, अफ्रिकाबाट दुई, दुबईबाट १०, कतारबाट १०, अष्ट्रेलियाबाट १०, भारतबाट ६० र नेपालका विभिन्न शहरमा भएको अडिसनबाट ८२ जना प्रतिभा छनोट भएका छन् । नेपाल बाहिर रहेका नेपालीभाषीलाई नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको आयोजना गरिएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ ।

“यो नेपाली भाषा, कला र संस्कृतिको माध्यमबाट संसारभरका नेपालीलाई जोड्ने एउटा सांस्कृतिक अभियान हो”, उहाँले भन्नुभयो, “थाइल्याण्ड, मलेसिया, बर्मा, फिजी, भूटानलगायतका देशमा त्यहीँका नागरिक भई बसोबास गरेका नेपालीभाषीहरुले समेत अडिसनमा भाग लिई छनोट हुनुभएको छ, यसले हामीलाई अझै उत्साहित बनाएको छ । हाम्रो अभियानले विश्वका विभिन्न मुलुकमा जन्मेका र हुर्केका नयाँ पुस्ताका नेपालीभाषीहरुलाई आफ्ना पुर्खाको मातृभूमिसँग जोड्ने काम गरेको छ ।” संसारभरका नेपाली भाषीलाई नेपालसँग जोड्ने र कलासंस्कृतिको जगेर्ना गर्ने परिकल्पनाका साथ यो शो आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो । “नेपालीको परम्परा, रीतिथिति, भाषा, संस्कृति र नेपालीपन जोगाई राख्न सकियोस्, पुर्खाको जन्मभूमिसँग विदेशमा बस्ने नयाँ पुस्ताका नेपालीलाई जोड्न सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य होे,” अध्यक्ष अधिकारीले भन्नुभयो ।

अमेरिकाबाट सुरु भएको स्थलगत अडिसन क्यानडा, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, अफ्रिका, अष्ट्रेलिया, दुबई, कतार, भूटान र भारतका विभिन्न शहरमा सम्पन्न भएको छ । त्यसैगरी, नेपालमा बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसन सम्पन्न गरेको छ । पहिलो संस्करणमा विश्वका ५२ देशका नेपालीभाषीले सहभागिता जनाएकामा यसपटक ६० देशका नेपाली प्रतिभाहरुको सहभागिता रहेको फाउण्डेसनले जनाएको छ ।

दुवै शोका विजेताहरुले रु एक–एक करोड नगद पुरस्कार पाउने छन्भने उपविजेताले रु २५–२५ लाख तथा तृतीय स्थान प्राप्त गर्नेले रु १०–१० लाख पुरस्कार पाउने फाउण्डेसनले जनाएको छ । यसबाहेक समूह नृत्यतर्फका प्रतिस्पर्धाका विजेता समूहले रु २० लाख, उपविजेता समूहले रु १० लाख र तृतीय समूहले रु पाँच लाख प्राप्त गर्नेछन् । छनोट चरणको उत्कृष्ट दशसम्म पुग्न सफल प्रतिभालाई रु तीन–तीन लाखले पुरस्कृत गरिने जनाइएको छ ।

मेरो भ्वाइस युनिभर्सका लागि काठमाडौँमा सम्पन्न छनोट चरणमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनुभएको छ । मेरो डान्स युनिभर्सको निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शङ्कर बिसी, कविराज गहतराज र किरण थापालगायत रहने आयोजक संस्थाले जनाएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै शोको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोट प्रक्रिया यसै साताबाट सुरु भएको छ । यअघि फाउण्डेसनले सन् २०२३ मा दुवै रियालिटी शोको पहिलो संस्करण सम्पन्न गरेको थियो । पहिलो संस्करणको ‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रीतम राई विजेता हुनुभएको थियो भने ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जित्नुभएको थियो । भरत प्रधान / रासस