• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने



काठमाडौँ । आईपीएल २०२४ अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायर २ मा स्थान बनाएको छ ।

भर्खरै सम्पन्न खेलमा राजस्थानले आरसीबीलाई ४ विकेटले हराउँदै उपाधि यात्रामा अघि बढेको हो । यता, बैंगलोरको भने आईपीएल यात्रा यहीँ समाप्त भएको छ ।

बैंगलोरले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले ४५, रियान परागले ३६, शिमरन हेटमायरले २६, टोम कोहलेर काडमोरले २०, सन्जु सामसनले १७ रन जोड्दा रोभमान पोवेल १६ रनमा अविजित रहे ।

बलिङतर्फ आरसीबीका मोहम्मद सिराजले २, लोकी फर्ग्युसन, कर्ण शर्मा र क्यामरुन ग्रिनले १–१ विकेट लिए ।

त्यसअघि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन जोड्यो । उसका लागि रजत पाटिदारले ३४, विराट कोहलीले ३३, महिपाल लोमरोरले ३२, क्यामरुन ग्रिनले २७, फाफ डुप्लेसिसले १७ रन जोडे ।

बलिङतर्फ राजस्थानका आवेश खानले ३, रविचन्द्रन अश्विनले २ तथा युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले १–१ विकेट लिए ।

अब राजस्थानले क्वालिफायर २ मा सनराइजर्स हैदरावादको सामना गर्नेछ । उक्त खेल शुक्रबार हुनेछ । त्यस खेलको विजेताले फाइनलमा उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।