४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने



अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायर २ मा स्थान बनाएको छ ।

भर्खरै सम्पन्न खेलमा राजस्थानले आरसीबीलाई ४ विकेटले हराउँदै उपाधि यात्रामा अघि बढेको हो । यता, बैंगलोरको भने आईपीएल यात्रा यहीँ समाप्त भएको छ ।

बैंगलोरले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले ४५, रियान परागले ३६, शिमरन हेटमायरले २६, टोम कोहलेर काडमोरले २०, सन्जु सामसनले १७ रन जोड्दा रोभमान पोवेल १६ रनमा अविजित रहे ।

बलिङतर्फ आरसीबीका मोहम्मद सिराजले २, लोकी फर्ग्युसन, कर्ण शर्मा र क्यामरुन ग्रिनले १–१ विकेट लिए ।

त्यसअघि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन जोड्यो । उसका लागि रजत पाटिदारले ३४, विराट कोहलीले ३३, महिपाल लोमरोरले ३२, क्यामरुन ग्रिनले २७, फाफ डुप्लेसिसले १७ रन जोडे ।

बलिङतर्फ राजस्थानका आवेश खानले ३, रविचन्द्रन अश्विनले २ तथा युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले १–१ विकेट लिए ।

अब राजस्थानले क्वालिफायर २ मा सनराइजर्स हैदरावादको सामना गर्नेछ । उक्त खेल शुक्रबार हुनेछ । त्यस खेलको विजेताले फाइनलमा उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।