१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्लीदै डा.केसी, शिक्षण अस्पतालले छोड्यो साथ



अ+ अ-

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल प्रशासनले रिले अनशन बसेका चिकित्सकहरुलाई अस्पताल परिसरमा कुनैपनि अनशन नबस्न आग्रह गरेको छ ।

सोमबार एक जारी गर्दै अस्पताल प्रशासनले अस्पतालमा परिसरमा कुनै पनि अनसन, रिले अनसन र प्रदर्शन नगर्न सबै डाक्टर केसीका समर्थनमा बसेका चिकित्सकहरुलाई अपिल गरेको हो।

विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीसँग भएका सम्झौता कार्वान्यवन गर्नुपर्ने माग राख्दै सरकारविरुद्ध नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरु आजबाट त्रिवि शिक्षण अस्पतालमा रिले अनशन बसेका हुन्।

नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरुले सोमबारबाट बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक रूपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा गरेपछि अस्पताल प्रशासनले विज्ञप्तिमार्फत सो अपिल गरेको हो।