१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्लीदै डा.केसी, शिक्षण अस्पतालले छोड्यो साथ



अ+ अ-

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल प्रशासनले रिले अनशन बसेका चिकित्सकहरुलाई अस्पताल परिसरमा कुनैपनि अनशन नबस्न आग्रह गरेको छ ।

सोमबार एक जारी गर्दै अस्पताल प्रशासनले अस्पतालमा परिसरमा कुनै पनि अनसन, रिले अनसन र प्रदर्शन नगर्न सबै डाक्टर केसीका समर्थनमा बसेका चिकित्सकहरुलाई अपिल गरेको हो।

विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीसँग भएका सम्झौता कार्वान्यवन गर्नुपर्ने माग राख्दै सरकारविरुद्ध नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरु आजबाट त्रिवि शिक्षण अस्पतालमा रिले अनशन बसेका हुन्।

नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरुले सोमबारबाट बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक रूपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा गरेपछि अस्पताल प्रशासनले विज्ञप्तिमार्फत सो अपिल गरेको हो।