१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार सेयर बजारमा २ दशमलव ७९ अंकको सुधार देखिएको हो ।

यसअघि आइतबार सेयर बजारमा दोहारो अंकको गिरावट देखिएको थियो । सेयर बजार २ दशमलव ७९ अंकले बढ्दा नेप्सेपरिसूचक १ हजार १ सय ६४ दशमलव ८९ मा पुगेको छ ।

परिसूचकमा सुधार देखिए पनि आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ । दिनभर भएका ४ हजार ५ सय ८२ कारोबारबाट१ सय ६५ कम्पनीका ८ लाख ७१ हजार ८२८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २२ करोड ४३ लाख १६ हजार रुपैयाँमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकम ११ करोड ६० लाख रुपैयाँ कम हो । यसअघि आइतबार ३४ करोड ३ लाख ७१ हजार रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सिभिल बैंक (संस्थापक सेयर) अग्रस्थानमा देखिएको छ । आइतबार यस बैंकको १ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।