७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालको ऐतिहासिक जित, पारसले बनाए सतक, नेपालद्वारा युएइ ४ विकेटले पराजित

नेपालको ऐतिहासिक जित, पारसले बनाए सतक, नेपालद्वारा युएइ ४ विकेटले पराजित
अ+ अ-

काठमाडौं । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । युएइकाे घरेलु मैदानमा भएकाे खेलमा नेपालले यूएईलाई २–१ ले  शृङ्खला कब्जा गरेको हो ।

कप्तान पारस खड्काले शतकसँगै नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । पारसले ११५ रन बनाएका थिए । उनी कादिर अहमदकाे बलमा एलबीडब्लु अाउट भएका थिए । उनले १५ चाैका र १ छक्का प्रहार गरेका थिए । खड्काले ९६ बलमा सतक प्रहार गरेका थिए ।

नेपाली टाेलीका कप्तान पारस खड्का प्लेयर अफ द म्याच भएका थिए ।

टस हारी पहिले ब्याटिङ गरेकाे युएईले २५४ रन बनाएकाे थियाे । लक्ष पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर २५५ रन बनाएको थियो ।

नेपालले खेलेको यो दोस्रो वन डे शृङ्खला हो । यसअघि नेदरल्याण्ड्विरुद्धको शृङ्खलामा नेपालले १–१ को बराबरी खेलेको थियो ।

सोमपाल कामी र आरिफ शेखले सातौं विकेटका लागि ४० रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । नेपालले ४४ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

सोमपालले ४५ औं ओभरको चौथो बलमा शानदार छक्का प्रहार गरेसँगै नेपालको जित सम्भव भएको थियो । उनी २६ रनमा अविजित रहँदा आरिफ शेखले २१ रनमा साथ दिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । वन डे टीममा डेब्यु गरेका सन्दिप जोराले १९ र रोहित कुमार पौडेलले १६ रन जोडे ।

यसअघि टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले शुरुआत राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन सकेको थिएन । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले नेपालका लागि शुरुआती सफलता दिलाए पनि युएईका मध्य क्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेका लिए । निर्धारित ओभरमा ६ विकेट गुमाएर युएईले २ सय ५४ रन जोड्यो ।

शाइमान अनवरले ८७ तथा मोहमद बुटाले आक्रामक अर्धशतक जोडेपछि यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको हो । बुटा ५९ रनमा अविजित रहे । यूएईलाई विशाल योगफलतर्फ डोर्‍याउन अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए ।

युएईको शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोद भण्डारीबाट क्याच गराउँदै तोडेका थिए । नेपालका लागि करण केसी र पारस खड्काले २–२ विकेट लिए ।

सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १–१ विकेट रहयो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा १ सय ४५ रनले विजयी भएको थियो ।

अब नेपाल र युएइबीच टी२० खेलहरू हुनेछन् ।