२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्धारा २८ सय भन्दा बढी पूर्व सुरक्षाकर्मीलाई शहीद घोषणा



अ+ अ-


काठमाडौं । नेपाल सरकारले नेपालमा सशस्त्र द्धन्द्धको बेलामा मारिएका दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीदको मान्यता दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहँदै गर्दा शहादत प्राप्त गरेकाहरुलाई शहीदको मान्यता दिएर शहीद घोषणा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आज आयो्जना गरिएको कार्यक्रममा मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गर्ने निर्णय सोमबार नै गरेको जानकारी दिएका हुन् ।

सरकारले यसरी त्यस समयमा कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गरेको हो ।

यीमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।