२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलान कोपा इटालियाको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । बलियो प्रतिस्पर्धी नापोलीलाई २–० गोलले हराउँदै एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानलाई जिताउन दुवै गोल कारज्याटोफ पियाटिकले गरे । एक साताअघि मात्र जिनोआबाट लोनमा मिलान पुगेका पियाटिकले ११ औं र २७ औं मिनेटमा गोल गरेका थिए ।

मिलानका गोन्जालो हिगुआइन लोनमा प्रिमियर लिग टोली चेल्सी पुगेपछि मिलानले पियाटिकलाई ल्याएको हो ।

पियाटिकको उच्च प्रदर्शनमा मिलानले नापोलीमाथि सनसनी मच्चायो । खेलको अन्तिमसम्म नापोलीको गोल फर्काउने प्रयास सफल हुन सकेन ।