११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

यस्तो पनि गाउँ ! छोरा भन्दा छोरी सिक्षित तर बिहे नहुने चिन्ताले पढाइ रोक्न बाध्य

यस्तो पनि गाउँ ! छोरा भन्दा छोरी सिक्षित तर बिहे नहुने चिन्ताले पढाइ रोक्न बाध्य
अ अ+ अ-

काठमाडौं । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ। ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो। अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन्।

गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन्। अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन्। किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ। ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ। अझ बढी पढाउने हो भने के होला १’

कचनकवलका झन्डै सात सय मुस्लिम परिवारको कथा यस्तै छ। यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन्। स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ। तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन। किनभने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन्। घरबाहिर निस्केर काम गर्न सक्दैनन्। छोराहरू पाँच–छ कक्षामै स्कुल छोडेर विदेश वा व्यवसायमा लाग्छन्। गाउँमा पढेका केटा छैनन्। छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी भेटिँदैन। त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्छ।

मुस्लिम समुदायमा छोरीको बिहे २० वर्ष पुग्नुभन्दा पहिले नै गरिदिनुपर्ने मान्यता रहेको गुलेरुन बताउँछिन्। ‘गाउँमा कक्षा १२ पढेका केटा पनि छैनन्,’ उनले भनिन्, ‘अब योभन्दा बढी पढायो भने त केटा नपाएर बिहे नै नहोला भन्ने डर मात्र हुन्छ।’ गुलेरुनकै छोराले ९ कक्षामै पढाइ छोडे। उनी बुबासँगै मिस्त्री काम गर्छन् र कमाउँछन्। उनको टोलमा अधिकांश केटा एसएलसी पास गरेर विदेश गएका छन्।

कचनकवलको मुस्लिम समुदायमा बिहे नहुने चिन्ताका कारण छोरीको पढाइ बीचमै रोकिन्छ। गाउँमा पढेका केटा छैनन्।

जनप्रतिनिधि विवेक आलमका अनुसार कचनकवल गाउँपालिकाभित्र पाँच कक्षाभन्दा धेरै पढेका छोरा मान्छे विरलै भेटिन्छन्। ‘घरनजिकै प्राथमिक स्कुल छ। त्यतिसम्म त अभिभावकले पनि जसोतसो पढाउँछन्,’ आलमले भने, ‘त्यसपछि छोराबाट कामकै लोभ हुन्छ। अनि पढाउने कुरामा वास्तै गर्दैनन्।’

‘प्रावि सकेपछि छोरा कमाउन जानुपर्छ। छोरीहरु बिहानबेलुका घरको काम सकेर पनि स्कुल जान सक्छन्,’ कचनकवल–३ वर केचनाकी वकिला मियाँ भन्छिन्। उनका तीन छोरी र एक छोरा छन्। ठूलो छोरा कक्षा ६ मा पढ्दापढ्दै छोडेर अहिले घर बनाउने काममा हिंड्छन्। छोरीहरू चाहिँ पढ्दैछन्। ठूली छोरी कक्षा ९ मा पढ्छिन्।

छोरीको पढाइको महत्व नभएको वकिला बताउँछिन्। ‘छोरीले जति पढे पनि त्यसको मूल्य छैन। न उसले काम गर्नै पाउँछे,’ उनी भन्छिन्, ‘छोरी जति पढे पनि कमाउने केटा भए थोरै पढेकोसँगै पनि बिहे गरिदिनु पर्छ।’ ‘हामीले छोरी पढाउन त पढाइयो,’ वकिलाले भनिन्, ‘तर उति नै पढ्ने केटा पाउन मुस्किल छ।’ छोरीले पढेपनि घरबाट बाहिर निस्केर काम नगरुन् भन्ने चाहना परिवारको हुने उनले बताइन्।

कचनकवल–५ मा मात्र करिब तीन सय मुस्लिम परिवार छन्। बस्तीभरबाटै अहिले सातजना कक्षा ११ र १२ मा पढ्दैछन्। तीमध्ये पाँच जना छोरी र दुई जना छोरा छन्। ११ कक्षामा पढ्दै गरेकी आफिया मियाँ भन्छिन्, ‘हामीले यति पढ्न पाउनु नै ठूलो कुरा हो। पछि के गर्ने त हाम्रो हातमा छैन। अम्मीअब्बुले जे भन्नुहुन्छ त्यही गर्ने हो।’

कचनकवलका सबै मुस्लिममध्ये दुई चेली डाक्टर पढ्दैछन्। एक जना विराटनगरमा र एक जना काठमाडौंमा पढिरहेका छन्। तिनका परिवारलाई पनि छोरीको बिहेकै चिन्ता छ। ‘छोरा मान्छे चार÷पाँच कक्षा पढेर विदेश हिँड्छन्। कोही बुबासँगै काममा जान्छन्,’ मुस्लिम समुदायका अगुवा नूर आलमले भने, ‘त्यही भएर हाम्रो समुदायमा धेरै पढेका युवा छैनन्।’ उनका अनुसार धेरै पढेका चेलीको बिहे पनि स्तर मिल्ने केटासँग गरिदिनु पर्ने र धेरै पढेका युवा नपाउँदा पढेका छोरीको बिहे हुने सम्भावना कम हुन्छ।

मुस्लिम समुदायमा चेतना फैलिएकाले थोरै भएपनि छोरीलाई पढाउन थालिएको गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशी बताउँछिन्। ‘आर्थिक अवस्था राम्रो हुनेले छोरीलाई थोरै भए पनि पढाएका छन्। तर तिनै छोरीले सिकेर गएका कुरा घर र समाजमा लागू गर्न खोजे भने कानमा तेल हालेर बस्ने संस्कार छ,’ उनले भनिन्, ‘छोरालाई पनि धेरै पढाउनु पर्छ भन्ने मानसिकताको विकास गर्न सकिएको छैन।’

स्थानीय स्वास्थ्य स्वयंसेविका राजमती राजवंशीले परिवार नियोजनको साधन प्रयोग नगर्दा मुस्लिम समुदायमा बढी सन्तान जन्माउने समस्या रहेको बताइन्। अन्नपूर्ण पोष्टमा खबर छ ।