११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

अख्तियार आयुक्तले घुस लिएको खुलासा, रकम फिर्ता गर्ने कुरै गरेनन् !

अख्तियार आयुक्तले घुस लिएको खुलासा, रकम फिर्ता गर्ने कुरै गरेनन् !
अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक-पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ ।

एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन चलिरहेका बेला सम्बद्ध एक समूहले आफूमाथिको छानबिन रोक्न आयुक्त पाठकमार्फत अख्तियारमा सम्पर्क गर्‍यो।

त्यो समूहका व्यक्तिहरूले राजधानीको एक निजी कलेजका सञ्चालक राजबहादुर बञ्जारा नाम परिवर्तन मार्फत आयुक्त पाठकसग सम्पर्क गरे। पाठकको सुझावअनुसार बञ्जारा समूहले राजनारायणका भाइ शुभनारायण पाठकलाई पहिलो पटक भेटे र छानबिन रोक्न १५ लाख रुपैयाँ बुझाए।

शुभनारायण हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन छन्। भाइमार्फत रकम बुझेका आयुक्त पाठकले इन्जिनियरिङ कलेजका सञ्चालकविरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने वचन दिए। बञ्जाराका अनुसार त्यसपछि पनि पाठकलाई दुई किस्तामा रकम बुझाइयो। एक पटकको रकम काठमाडौंको कमलपोखरी छेउमा गाडीमै दिइएको थियो। सम्बन्धित पक्षले मिठाईको प्याकेटमा रकम राखेर आयुक्त पाठककै हातमा बुझाएको थियो।

‘घूस बुझेर पनि पाठकले समयमा काम गरेनन्। आजभोलि आजभोलि भन्दै झुलाइरहे। पैसा बुझाएको महिनांै भइसक्दा पनि अख्तियारले इन्जिनियरिङ कलेज छानबिन प्रकरणको फाइल तामेलीमा राखेन,’ स्रोतले भन्यो, ‘बञ्जारा समूहले ताकेता बढाउँदै लग्यो। आयुक्त पाठकले उल्टै थप रकम मागे। नेपाल इन्जिनियरिङ कलेजको एउटा सञ्चालक समूहले पैसा दिएको महिनौं भइसक्दा पनि काम नभएको भनेर बञ्जारा समूहसँग रकम फिर्ता गर्न दबाब दिन थाल्यो। बञ्जारा समूह अप्ठ्यारोमा पर्‍यो।’

बञ्जारा भन्छन्, ‘काम नभएपछि रकम फिर्ता माग्नुभन्दा अर्को बाटो हामीसँग थिएन। हामीले पैसा फिर्ता गर्नुस् भन्यांै। त्यसपछि त पाठकले उल्टै हामीलाई गाली गर्न थाले। पैसा फिर्ता गर्नैपर्ने दबाब परेपछि मैले आफ्नो घर बैंकमा राखेर त्यो पैसा फिर्ता गरेँ।’ आफ्नो पैसा फसेपछि बञ्जारा र उनको समूहमा छटपटी बढ्यो। उनीहरूले असनमा कपडाको व्यापार गर्ने आफ्ना पुराना साथी लोचन अमात्य ९नाम परिवर्तन० लाई गुहारे। अमात्यले आयुक्त पाठकलाई भेटेर रकम फिर्ता गर्न ताकेता थाले।

१४ माघ २०७४ मा अमात्य पहिलो पटक अख्तियारको नक्सालस्थित कार्यालयमै गए। पाठकको कार्यकक्षमै पुगेर रकम फिर्ता मागे। त्यसपछि उनले पटक–पटक पाठकलाई घरमा र उनको कार्यकक्षमा भेटे। सजिलै रकम फिर्ता नहुने ठानेर ती भेटघाटमा भएको कुराकानीको गोप्य रूपमा भिडियोसमेत खिचे। पटक–पटक खिचेको ६ घण्टाभन्दा लामो भिडियोको अन्तिम दृश्यमा पाठकले अमात्यसँग हात जोडेर माफी मागेका छन्।

भिडियोमा पाठकले आफूले एक पटक ४० र अर्को पटक ३८ लाख, अनि भाइ शुभनारायणले १५ लाख रुपैयाँ लिएको स्विकारेका छन्। यसबारे प्रतिक्रिया लिन खोज्दा शुभनारायणले कान्तिपुरसित कुराकानी गर्न मानेनन्। सबै विषयवस्तु थाहा पाएपछि उनले भने, ‘म अहिले एउटा कार्यक्रममा छु, सुनिएन। पछि कुरा गरौंला।’

लेनदेन र भनाभन
बञ्जारा, अमात्य र आयुक्त पाठकबीच पछिल्लो एक वर्षसम्म पैसा लिने, काम नगर्ने, फिर्ता गर्छु भन्ने नगर्ने, भिडियो खिच्ने, धम्क्याउने र एकले अर्को विरुद्ध शक्ति प्रयोग गर्ने काम भएको देखिन्छ।

अमात्यका भनाइमा उनले आफूले रेकर्ड गरेको भिडियो आयुक्त पाठकलाई देखाएर रकम फिर्ता नगरे पत्रकार सम्मेलन गरेर त्यो सार्वजनिक गरिदिने धम्की दिएका थिए। तर यो धम्कीको पनि पाठकले खासै वास्ता गरेनन्। त्यसपछि एक दिन अमात्य ल्यापटप बोकेर आयुक्त पाठकको घरमै गए। अमात्यले ल्यापटप खोलेर पाठकलाई भिडियो देखाए। जहाँ पाठकले पैसा लिएको स्वीकार गरेको दृश्य रेकर्ड थियो।

अमात्यले ‘तपाईं सुरक्षित हुने हो भने त्यो पैसा फिर्ता गरिदिनुपर्‍यो। कहिले फिर्ता गर्ने हो भन्नुपर्‍यो, त्यति गर्ने हो भने यो ल्यापटप हजुर नै राख्नुहोस्। फुटाइदिए पनि हुन्छ, मलाई केही चाहिँदैन,’ भने। त्यहाँ सामान्य भनाभन भयो। पाठकले रकम फिर्ता गर्ने कुरै गरेनन्। उल्टो ल्यापटपतिर हात बढाउन खोजेपछि अमात्यले धम्की दिए, ‘यो भिडियो अन्यत्रसमेत सुरक्षित रहेकाले ल्यापटप फुटाए भिडियो सार्वजनिक गरिदिन्छु। पाठक पछि हटे। अनि ‘एक महिनामा रकम फिर्ता गर्ने’ वचन दिए। कान्तिपुर दैनिकमा खबर छ ।