१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनादेखी हराएकी छोरी भेट्दा आमा दङ्ग !



अ+ अ-

काठमाडौं । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीय किशोरी ईश्वरा गदाल हराएको १० महिना बितिसकेको थियो । आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन् । तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो ‘छोरी भारतको कोचविहारमा छिन् ।’

दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँसु थाम्नै सकिनन् । ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागको छ ।’ पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवस गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो ।

उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित थिइन् । नगरका सामाजिक विकास अधिकृत अनन्त वस्तीले बालिका बुझेका थिए । वस्तीले बालिका लिएर आएको टोलीप्रति आभार पनि प्रकट गरे । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।