१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर हालेपछि प्रत्येक वर्ष बैंककै सहज ब्याज दिने



अ+ अ-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जनताको जलविद्युतअन्तर्गत अघि बढाउन लागेका आयोजनामा सेयर हालेपछि प्रत्येक वर्ष बैंककै सरज ब्याज दिने बताएका छन् ।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सार्वजनिक गर्न लागेको जनताको जलविद्युत् आयोजना कार्यक्रमको उद्घाटनको पूर्वसन्ध्यामा बुधबार आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

जनताले हालेको जलविद्युत् आयोजनाको प्रतिफल सर्वसाधारणले वर्षौं नपाइरहेको बेला ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारासहित अघि बढाउन लागेका आयोजनामा मन्त्रीले यस्तो घोषणा गरेका छन् ।

‘जनताको जलविद्युत् अन्तर्गत १९ आकर्षक आयोजना अघि बढाउन लागेका छन्, यसमा सेयर हाल्नेले प्रतिफल पाउँछन्,’ उनले भने, ‘सुरुका दिनदेखि नै सेयरमा लगानी गर्ने बित्तिकै बैंकले दिने सरहको ब्याज प्रत्येक वर्ष दिन्छौं ।’

हाल भने सरकारी निकायअन्तर्गत निर्माण भएका र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाले बैंकको ऋण तिरेपछिमात्र प्रतिफल दिने गरेका छन् ।

यो खबर आजको कारोबारमा प्रकाशित भएको छ ।