११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

प्रधानमन्त्री ओलीको एक वर्ष : ‘चार ठेकी मोही, तीन थोपा घ्यू’

प्रधानमन्त्री ओलीको एक वर्ष : ‘चार ठेकी मोही, तीन थोपा घ्यू’
अ अ+ अ-

काठमाडौं । गठनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित रहेको भन्दै सरकारको आलोचना गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी काम गर्न नसकेको दाबी गरे। ‘भाषण गर्न त उहाँहरू खप्पिस नै हुनुहुन्छ तर वर्ष दिनसम्म खै परिणाम ?’, उनले भने, ‘समाजवाद उन्मुख भन्नुहुन्छ तर कस्तो समाजवाद हो कुनै खाका छैन। समाजवाद भनेको त निमुखालाई न्याय, विपन्नलाई आय हो। यसतर्फ कुनै काम भएको छैन।’

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिए पनि कांग्रेसले भने सरकार सुशासन कायम गर्न असफल बनेको दाबी गरेको छ। ‘सुशासनमा त भद्रगोल नै देखियो नि, विकासमा पनि ठोस पाइला चालेको देखिँदैन’, वरिष्ठ नेता पौडेलले भने।

प्रधानमन्त्री ओलीले सरकारको वर्ष दिन पूरा भएको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले सरकारका प्रगतिबारे विपक्षीले भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विपक्षीको आलोचनाभन्दा एक वर्षमा काम गर्न नसकेकोप्रति सरकारले आत्मालोचना गर्दै सुधार गर्न सुझाए। ‘एक वर्षको प्रगति विवरण राख्दै गर्दा सुरुमै विपक्षीको आलोचना गर्नु आवश्यक नै थिएन। एक वर्षमा भएका कमजोरी आत्मसात गर्दै सुधार्ने प्रतिबद्धता जनाउनुपर्ने थियो’, उनले भने, ‘त्यसतर्फ सरकारले कुनै चासो देखाएन। बालुवामा जग हालेपछि घर बनाउन कसरी सम्भव होला ? ’ प्रधानमन्त्री ओलीको सम्बोधनलाई उनले ‘चार ठेकी मोही, तीन थोपा घ्यू’ को उपमा दिए।

अर्थतन्त्र खस्कँदै जाँदा पनि सरकार संवेदनशील नभएको पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा.रामशरण महतले बताए। ‘देश विकासको कुरा सरकारको प्राथमिकतामै छैन। दुईतिहाइको दम्भ सरकारमा छ। जे गर्दा पनि हुन्छ भन्ने अहंकार सरकारमा देखिन्छ’, उनले भने, ‘बिग्रँदो अवस्थाको अर्थतन्त्रलाई कसरी सुधार गर्दै लैजाने भन्नेतर्फ सरकारले ध्यान दिएको छैन। वैदेशिक लगानी घटेको छ, लगानीको वातावरण बिग्रेको छ। निर्यात घट्दै गएको छ भने आयात बढ्दै गएको छ। व्यापार घाटा ६/७ महिनामै करिब ६ अर्ब अमेरिकी डलरभन्दा बढी छ। यसलाई कसरी राम्रो मान्न सकिन्छ ? ’

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा सरकारको भूमिका सकारात्मक रहे पनि प्रतिपक्षीसँग दूरी बढाउनु कमजोरी रहेको कांग्रेसको ठहर छ। ‘हतार–हतारमा कानुन बने पनि संस्थागत रूपमा संविधान कार्यान्वयनको दिशामा गएको छ, यो सकारात्मक पक्ष हो’, कांग्रेसबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले भने, ‘प्रतिपक्षीसँगको दूरी बढेको छ। यो सरकारका लागि जुनसुकै बेला पनि आत्मघाती हुन सक्छ।’

कूटनीतिमा पनि सरकार चुकेको सांसद अधिकारीले बताए। ‘अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलन मिलाउन नसक्दाको क्षति देशले बेहोरिरहेको छ। यसको पछिल्लो उदाहरण भेनेजुएला बनेको छ’, उनले भने, ‘सामाजिक क्षेत्रमा पनि सरकारले ठुल्ठूला आश्वासन बाँडे पनि परिणाममुखी काम गर्न सकेको छैन। विशेष गरी शिक्षा र स्वास्थ्यमा सरकारको बोली र कामगराइमा खाडल छ। आर्थिक क्षेत्रमा सरकार पूर्ण असफल सिद्ध भएको छ।’