११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग
अ अ+ अ-

जीवन भण्डारी

काठमाण्डौ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला सङ्कट यसै कारणले सिर्जना हुन पुगेको बताउने गर्छन् ।

बाहिरी बाहना राजनीतिक कारण देखाएपनि त्यहाँको स्रोत साधनको उपयोगको चाहले अहिले मुख्य शक्तिराष्ट्रहरु ध्रुवीकृत हुन पुगेका बताइन्छ । उनै शक्तिराष्ट्रहरुको प्रभावमा परेर अन्य देशहरु पनि पक्ष र विपक्षमा उभिएका छन् । भेनेजुएलाको पेट्रोलियम पदार्थमाथी कब्जा गर्ने नियतले भेनेजुएलाप्रति सवैभन्दा बढी अमेरिकाले आँखा गाडेको छ भने उसलाई निषेध गर्न चीन र रुस उभिएका छन् ।

चीन र रुससँग बैचारिक निकटता भएका शासकहरुले देशमा लगानीका लागि अमेरिकालाई निषेध गर्दै चीन र रुसलाई अगाडी बढाएपछि अमेरिका रुष्ट भएको छ । त्यही रिस पोख्न अमेरिकाले त्यहाँको विपक्षी नेताहरुलाई निर्वाचन बहिष्कारदेखि अन्तरिम राष्ट्रपतिको स्वघोषणा गर्न लगाउनेसम्म गराएको धेरैको आरोप छ । अमेरिकाले लोकतान्त्रिक व्यवस्था नभएको आरोप लगाउने गरेको भेनेजुएलामा विश्वचर्चित समाजवादी नेता ह्युगो चाभेजको उदयसँगै बाह्य हस्तक्षेप बढेको देखिन्छ ।

सैनिक पृष्ठभूमिका पूर्वराष्ट्रपति ह्युगो चाभेजले सन् १९९२ मा सत्ता हत्याउन प्रयास गरे पनि त्यो सफल हुन सकेन र उहाँ दुई वर्ष जेलमा कोचिनु भयो । त्यसपछि सन् १९९८ मा नयाँ समाजवादी संविधानको बाचासहित उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो । चाभेज सत्तारोहण गर्दै गर्दा भेनेजुएला अहिलेकै जस्तो समस्याबाट ग्रसित थियो । भेनेजुएलाका सडक आन्दोलनकारीले भरिन्थे । आफ्नो कार्यकालमा उहाँले भेनेजुएलाको संविधान, भूमिसुधार, रोजगारी, गरिबी निवारण, छात्रवृत्तिको व्यवस्थालगायत धेरै क्षेत्रमा सुधारको थालनी गर्नुभयो ।

आफ्नो देशका प्राकृतिक श्रोतसाधनलाई अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुबाट हटाएर उहाँले राष्ट्रियकरण गर्नुभयो भने जनताका आधारभूत आवश्यकताको दायित्व राज्यले लिने व्यवस्था गर्नुभयो । आफ्नो देशका कम्पनीलाई हटाएकाले उहाँको १४ वर्षे कार्यकालमा अमेरिकाले आर्थिक र राजनीतिक हस्तक्षेप गरिरह्यो । उहाँलाई अमेरिकी इसारामा गिरफ्तार गरिएको मानिने करिब ४७ घन्टे घटनाका बारेमा बनेको डकुमेन्ट्री अहिले पनि विश्वचर्चित छ । उहाँलाई गिरफ्तार गरेर सत्ताच्युत गराउने प्रयास चर्को जनदवावपछि असफल भएको थियो । अनेक अवरोध र हस्तक्षेपका बाबजुद शासनमा सक्रिय रहेकै बेला ५८ बर्षको उमेरमा क्यान्सरका कारण सन् २०१३ मा चाभेजको निधन भयो । त्यसपछि निकोलास मदुरोले उहाँकै उत्तराधिकारीको रूपमा भेनेजुएलाको नेतृत्व गरिरहनु भएको छ ।

दयनीय दैनिकी
चाभेजकै उत्तराधिकारीको रुपमा मदुरोले सत्ता सम्हालेपछि पनि अन्तर्राष्ट्रिय समुदायको व्यवहार भने भेनेजुएलाप्रति अहिले पनि उस्तै नै छ । शक्तिराष्ट्रहरुको हानथापका कारण बाह्य लगानी र व्यापारमा समस्या भएपछि भेनेजुएला लामो समयदेखि आर्थिक संकटमा छ । यतिसम्मकी त्यहाँका महिलाहरू आफ्ना आवश्यकता पूरा गर्नका लागि आफ्नो लामो कपाल समेत बेच्न बाध्य हुने गरेको चर्चा छ ।

खाद्यपदार्थ लगायतका अत्यावश्यक वस्तुदेखि औषधिसम्मको अभाव भएकाले भोक र रोगले मृत्युवरण गर्नेहरुको संख्या बढ्दो छ । संकट बढ्दै गएपछि लाखौँ नागरिक विस्थापित भएका छन् । गत वर्ष मात्रै मदुरोले देशको मुद्रा परिवर्तन गरेपछि महँगी अझ बढेको छ । सन् २०१५ मा कूल गार्हस्थ उत्पादन ६ प्रतिशतले घटेकोमा २०१६ मा १६ प्रतिशतले र २०१७ तथा २०१८ मा १४ प्रतिशतले घटेको विश्व वैंकले देखाएको छ ।

चौतर्फी संकट बढेपछि राष्ट्रपति मदुरोले रुस र चीनसँग ऋणका लागि याचना गर्नुभएको छ । भेनेजुएलाको अहिलेको आर्थिक संकटलाई विपक्षीहरुले राजनीतिक कारणले उत्पन्न भएको दाबी गर्छन् भने मदुरोका समर्थकहरुले यसलाई अस्विकार गरेका छन् । मदुरो नेतृत्वको सरकार नै यो संकटको कारक भएको ठान्नेहरु सरकार विरोधी आन्दोलनमा छन् भने उनीहरूलाई अमेरिकाले परिचालन गरेको दाबी गर्दै सरकार भने दवाउने प्रयासमा छ । जसका कारण जनताले राजनीतिक र आर्थिक दुवै संकट भोगिरहनु परेको छ । आर्थिक कारणले सृजित रोग र भोकले मृत्यु हुनेहरुको एकिन तथ्यांक आउन सकेको छैन भने पछिल्लो राजनीतिक संघर्षका क्रममा कम्तीमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको विवरणहरु सार्वजनिक भएका छन् ।

राजनीतिक ध्रुवीकरण
विपक्षीहरुले बहिस्कार गरेको केही महिना अगाडि भएको निर्वाचनबाट मदुरो दोस्रो कार्यकालका लागि निर्वाचित भएको भन्दै पदबहाली गरेपछि राजनीतिक संघर्ष बढेको हो । विपक्षीहरुले आफूहरुले बहिस्कार गरेको निर्वाचन अवैध रहेको र अवैध निर्वाचनबाट निर्वाचित भनिएका मदुरो बैध हुन नसक्ने भन्दै मदुरोलाई राष्ट्रपति मान्न तयार भएका छैनन् । राष्ट्रपति नभएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्षले कार्यबाहक राष्ट्रपति बन्ने भेनेजुएलाको संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर राष्ट्रिय सभाका अध्यक्ष ३५ वर्षीय हुवाँ गुएइदोले केही दिनअघि आफूलाई अन्तरिम तथा कार्यबहाक राष्ट्रपति घोषणा गर्नुभएको थियो ।

उहाँको घोषणाले राजनीतिक संघर्षलाई थप चर्काएको छ । गुएइदोको घोषणालाई अमेरिका, बेलायत, फ्रान्स, ब्राजिल, क्यानडा, अर्जेन्टिना, अष्ट्रेलिया, कोलम्बियासहित दर्जनबढी देश र युरोपेली संघका देशहरुले समर्थन गरेका छन् । तर रुस, चीन, मेक्सिको, क्युबा, बोलिभिया, इरानलगायतका देशले भने गुएइदोको घोषणालाई अवैधानिक भएको दाबी गर्दै मदुरोलाई नै आधिकारीक राष्ट्रपति मानेका छन् । भेनेजुएलाको सरकारी सेना, सर्वोच्च अदालतलगायतका मुलुक भित्रका अधिकांश आधिकारीक संस्थाहरुले पनि ५६ वर्षीय मदुरोकै पक्ष लिएका छन् ।

गलत नीति नै द्धन्द्धको दाउ
नेताको नियत ठिक भएपनि नीति खराब भयो भने देश कसरी संकटमा फस्दै जान्छ भन्ने उदाहारणको रुपमा पनि भेनेजुएलाको नीतिलाई लिइन्छ । तत्कालिन राष्ट्रपति चाभेजले तेलको निकासी व्यापारवाट आएको आम्दानीले नै समाजवाद निर्माण गर्ने कोशिस गरेको बताइन्थ्यो । उहाँले देशको औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदि मार्फत् अन्य आन्तरिक आर्थिक उपार्जन तर्फ ध्यान दिनुभएन । तेलको आम्दानीमा मात्रै निर्भर अर्थतन्त्रले गर्दा तेलको मूल्य वढ्ने गर्दा सरकारको आय पनि वढ्ने र तेलको मूल्य घट्दा सरकारको आय घट्ने तर ब्ययभार घटाउन नसक्ने हुँदा अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न भयो ।

एकातिर औद्योगिक र अन्य आर्थिक क्षेत्रमा क्रान्ति गर्न नसक्दा अर्थतन्त्र असन्तुलित हुन थाल्यो भने अर्कातिर सत्ता र पार्टी भित्र भ्रष्टाचार व्यापक रुपमा मौलाउन थाल्यो । चाभेजले राष्ट्रियकरण गरेका व्यवसायहरुमा शासक निकटस्थहरुको रजाई भयो । समाजवाद उन्मुख केही कार्यक्रमहरु लागू गरिएपनि नयाँ तरिकाले सरकार, पार्टी, सत्ताका अरु अंगहरु र सरकारी अर्थतन्त्रमा व्यक्तिगत स्वार्थीहरुको नियन्त्रण बढ्दै गयो । तर ती स्वार्थिहरुलाई परास्त गर्ने क्षमता पार्टी र सरकारको नेतृत्वले देखाउन सकेन । परिणामस्वरुप भेनेजुएलाको अर्थतन्त्र झन भन्दा झन धरासायी वन्दै गयो र जनतामा आक्रोस बढ्यो, त्यही आक्रोसलाई उपयोग गर्दै बैदेशिक र विपक्षी शक्तिहरुले टाउको उठाउने ठाउँ पाए । अर्थतन्त्र धराशायी हुँदै गएको र जनअसन्तोष चर्केको मौका छोपेर संसदमा बहुमत भएका संसदका अध्यक्ष तथा विपक्षी नेता गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गर्ने आँट गर्नु भएको हो ।

सन् २०१५ मा चुनावबाट बनेको संसदमा कूल १६७ सिट मध्ये विपक्षी गठवन्धनका ११२ र मदुरोको गठवन्धनका ५५ जना सदस्य रहेका छन् । विपक्षी नेता गुएइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराएपनि बैधानिक सत्तामा पुग्न भने सजिलो छैन । सत्ता प्रवेशका लागि न्युनतम केही प्रक्रिया पूरा गर्नैपर्छ । उहाँले आफूलाई राष्ट्रपति घोषणा गराएपछि मुलुक थप अनिश्चितता र द्धन्द्धतर्फ धकेलिएको छ । यस्तो अवस्थामा सरकारले बन्दुकको बल र विपक्षीले विदेशीको बल बढाउदै लैजादा मर्कामा पर्ने आम नागरिक नै हुन् । विश्वमा शक्ति राष्ट्रको इशारामा सत्ता परिवर्तन भएका थुप्रै उदाहरण त छन् तर त्यो दिगो र फलदायी भएको भने कमै छ । त्यसैले देशलाई विदेशी खेल्ने मैदान बनाएर मुलुकमा स्थिरता होइन, अधोगतिको यात्रा सुरु हुन्छ भने नेताहरुको आफ्नै भविश्य र जीवन पनि खतरामा पर्छ । देशको समस्या समाधानका लागि जनतालाई छाना र खाना, रोगीलाई औषधीको तत्काल व्यवस्था गरी देशी तथा विदेशी स्वार्थीको प्रभाव र लोभमा नपरी समझदारीमा जानु नै भलो देखिन्छ ।