१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनशीप फुटबलको तयारीको लागि महिला टोलीको बन्द प्रशिक्षण सुरु, पुरुषको अन्यौल



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ ।

तर साफ नै खेल्ने पुरुष फुटबल टिमको भने घोषण हुन सकेको छैन् । शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको महिला टोलीको घोषण भएपनि पुरुष फुटबल टिमको घोषमा अन्यौलता सृजना भएको छ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार यो बिषयमा बैठक बसि नसकेको हुँदा यति गते नै पुरुष टिमको घोषण हुन्छ भन्ने अवस्था नरहेको बताए । “यस बिषयमा चाढै नै बैठक हुन्छ, अहिले आधिकारीक सूचना नआएको कारण हामीले केहि भन्न् मिल्दैन्, सूचना आएपछि हामी जानकारी गराउछौ”, राईले भने ।

हिरो गोल्डकप फुटबलको उपविजेता बनेको महिला फुटबल टोली आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।