१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनशीप फुटबलको तयारीको लागि महिला टोलीको बन्द प्रशिक्षण सुरु, पुरुषको अन्यौल



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ ।

तर साफ नै खेल्ने पुरुष फुटबल टिमको भने घोषण हुन सकेको छैन् । शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको महिला टोलीको घोषण भएपनि पुरुष फुटबल टिमको घोषमा अन्यौलता सृजना भएको छ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार यो बिषयमा बैठक बसि नसकेको हुँदा यति गते नै पुरुष टिमको घोषण हुन्छ भन्ने अवस्था नरहेको बताए । “यस बिषयमा चाढै नै बैठक हुन्छ, अहिले आधिकारीक सूचना नआएको कारण हामीले केहि भन्न् मिल्दैन्, सूचना आएपछि हामी जानकारी गराउछौ”, राईले भने ।

हिरो गोल्डकप फुटबलको उपविजेता बनेको महिला फुटबल टोली आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।