२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल



अ+ अ-

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल चयन भएका छन्। बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा. अर्याललाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।

डा. अर्याल संस्थापक समूहअन्तर्गतका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधिका रूपमा हिमालयन बैंकको सञ्चालक समितिमा प्रवेश गरेका हुन्। नेपाल सरकारको उच्च प्रशासनिक पद मुख्यसचिवबाट अवकाश प्राप्त गरेपछि उनले बैंकको नेतृत्व सम्हालेका हुन्।

नवनियुक्त अध्यक्ष डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बालुवाटारस्थित गभर्नरको कार्यालयमा आयोजित विशेष समारोहमा उनले शपथ लिएको बैंकले जनाएको छ।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार डा. अर्यालको अध्यक्ष पदमा नियुक्ति २०८३ भदौ १४ गतेदेखि लागू हुने गरी गरिएको हो।

पूर्वमुख्यसचिवका रूपमा लामो प्रशासनिक अनुभव हासिल गरेका डा. अर्यालको नेतृत्वले बैंकको संस्थागत सुशासन तथा व्यवस्थापनमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।