१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सदस्यीय कमिटी गठन गरेर पाठकविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान



अ+ अ-

काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध आयोगले अनुसन्धान थालेको छ ।

महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सक्ने राय दिएपछि सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाकारी दिए ।

पठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको जानकारी दिँदै प्रवक्ता दंगालले भने, ‘विस्तृत अनुसन्धान सुरु गरेका छौं ।’ हामीले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हौं, दंगालले भने ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

कसुर ठहर भए पाठकलाई ११ वर्ष कैद र ७८ लाखबराबरको सम्पत्तिसमेत जफत हुन्छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ । कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्छ ।